विराटनगरमा खसीको मूल्यमा बाख्राको मासु

विराटनगरमा खसीको मूल्यमा बाख्राको मासु

विराटनगर । विराटनगरमा खसीको भन्दै बाख्राको मासु बेचेको भेटिएको छ । विराटनगर महानगरपालिकाले बजार अनुगमनको क्रममा विराटनगरको पुरानो गुद्री बजारमा रहेका मासु पसलमा बाख्राको मासु भेटेपछि महानगरले जफत गरेको हो ।

महानगरले पुरानो गुद्रीमा सञ्चालित आधा दर्जनभन्दा बढी मासु पसलको अनुगमन गर्नेक्रममा बाख्राको मासु फेला पारेको थियो । अनुगमनका क्रममा खसीको भनेर बाख्राको मासुसमेत बिक्री गरेको पाइएको महानगरका आर्थिक विकास महाशाखाका प्रमुख दीपक पौडेलले जानकारी दिएका छन् ।

बाख्राको मासु जफत गरिएको छ । त्यस्तै कम तौलको ढक तराजु समेत अनुगमन टोलीले नियन्त्रणमा लिएको छ । कतिपय पसलले नविकरण समेत नगरेको पाइएकाले तत्कालै दर्ता गर्न निर्देशन दिइएको छ ।

अनुगमनमा महानगरको पशुपंक्षी शाखाका प्रमुख शुभनारायण यादव, बजार निरीक्षक हरिप्रसाद गुरागाईं, नगर प्रहरीका निरीक्षक राजन पौडेल, उपभोक्तावादी संस्थाका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।
केही हप्तादेखि खाद्यन्न, औषधि, कपडा, फलफूललगायतका पसलमा अनुगमन गरेको महानगरले आज माछा–मासु पसलको अनुगमन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्