मिल्स भेट्रान्स गोल्डकप प्रतियोगिता: मर्निङ्ग भेट्रान्स क्लब हाटखोला सेमिफाइनलमा

मिल्स भेट्रान्स गोल्डकप प्रतियोगिता: मर्निङ्ग भेट्रान्स क्लब हाटखोला सेमिफाइनलमा

विराटनगर । मर्निङ्ग भेट्रान्स क्लब हाटखोला विराटनगरमा जारी १ नं. प्रदेश स्तरीय प्रथम टुबोर्ग मिल्स भेट्रान्स गोल्ड कप प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

विराटनगर जुट मिलको खेलमैदानमा मंगलबार भएको खेलमा मर्निङ्ग भेट्रान्स क्लब हाटखोला विराटनगरले राजघाट भेट्रान्स क्लब उर्लाबारीलाई सडेनडेथमा ४–५ गोलले पराजित गरी सेमिफाइनलमा पुगेको हो ।

निर्धारित समयसम्म १/१ गोलको खेल बराबारी भएपछि खेल ट्राइब्रेकर भएको थियो । सडनडेथमा हाटखोलाका सुर्लव जंग राना, राजु थापा मगर, एम कुमार मगर, सुमन श्रेष्ठ र सुनिल राउतले गोल गरेका थिए ।
राजघाटको तर्फबाट राजु खड्का, दिपक लिम्बु, लिला जोशी र उत्तम लिम्बुले मात्र गोल गरेका थिए ।

खेलको म्यान अफ द म्याच हाटखोलका गोल किपर सुरेन्द्र श्रेष्ठ घोषित भए । उनले नगद २ हजार १ सय रुपैयाँ पाए । म्यान अफ द म्याच हुने खेलाडीलाई पुरस्कार नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष संजीव खनालले बितरण गरेका थिए ।

बुधबारको खेल आयोजक मिल्स भेट्रान्स क्लब रानी विराटनगर र भरौल भेट्रान्स क्लब सुनसरीबिच हुने मिल्स भेट्रान्स क्लबका संयोजक मनोज खड्काले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्