राप्रपा मा्ेरङको दुईहजार सदस्यीय निर्वाचन परिचालन समिति

<span class='c1'>राप्रपा मा्ेरङको दुईहजार सदस्यीय</span> <span class='c2'>निर्वाचन परिचालन समिति</span>

विराटनगर । राष्ट्रीय प्रजातन्त्र पार्टी मोरङले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचन परिचालन समिति गठन गरेको छ । जिल्ला अध्यक्ष माधव प्रसाद आचार्यको संयोजकत्वमा दुईहजार एकजना रहेको निर्वाचन मूल परिचालन समिति गठन गरिएको हो ।

आचार्यको अध्यक्षतामा मंगलबार बसेको बिस्तारित जिल्ला बैठकले गठन गरेको समितिमा केन्द्रीय समितिका पदाधिकारी र सदस्य, प्रदेश पदाधिकारी र सदस्य, जिल्ला सल्लाहकार, पदाधिकारी र सदस्य, क्षेत्र र प्रादेसिक, महानगर, नगर, गापा समिति, वडा समिति, वर्गीय संगठनका संयोजकहरू रहने छन् ।

त्यसैगरि जिल्ला निर्वाचन परिचालन उपसमितिको संयोजकत्वमा बिनय श्रेष्ठ, आर्थिक समितिमा पवन सुराना, प्रचारप्रसार समितिमा पुजेस कोईराला, साथै जिल्ला अनुगमन समितिमा केन्द्रीय महामन्त्री प्रहलाद प्रसाद साहको संयोजकत्वमा अनुगमन समिति गठन गरिएको  जिल्ला सदस्य कमल आचार्यले जानकारी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्