विराटनगर इन्टरनेसनल कलेजले काठमाण्डौमा आयोजित “एस्पायर २०२२” को उपाधि जित्यो

विराटनगर इन्टरनेसनल कलेजले काठमाण्डौमा आयोजित “एस्पायर २०२२” को उपाधि जित्यो

विराटनगर इन्टरनेसनल कलेजले काठमाण्डौमा आयोजित "एस्पायर २०२२" को उपाधि जितेको छ । देशभरिका बिभिन्न कलेजहरुको सहभागितामा हरेक बर्ष आयोजना हुदै आएको उक्त इभेन्टमा विराटनगर इन्टरनेसनल कलेजले पहिलोपटक उक्त अवार्ड जितेको हो । इस्लिंग्टन कलेज काठमान्डौको आयोजनामा हरेक बर्ष हुदै आएको उक्त प्रतियोगितामा स्टार्टअप आइकन, सीइयो अफ द इयर, मार्केटिंग मेस्ट्रो, अल्फा एनलिस्ट, ग्लोबल एड्भोकेट लगायतका बिभिन्न प्रतियोगिता गरिएको थियो ।

३ दिन सम्म चलेको उक्त कार्यक्रमको फिनाले मंगलवार इस्लिंग्टन कलेजमा सम्पन्न भएको हो । बिराटनगर इन्टरनेसनल कलेजले ६ वटा इभेन्ट मध्ये २ वटामा स्वर्ण पदक हासिल गर्न सफल भएको थियो भने अन्यमा समेत राम्रो प्रस्तुति रहेको थियो ।

विराटनगर इन्टरनेसनल कलेजबाट बैभव नाहाटा, प्रज्वल मैनाली , कृतिका कट्टेल, अनुस्का कर्ण, आशिष गुप्ता , रिदम सिंह, रागभ अटल, योगिता पोखरेल,ठदिन्द्र लम्सालले प्रतियोगीको रुपमा अवार्ड जित्न सफल भएको कलेजका अपरेशन प्रमुख बिबेक दाहालले बताए ।

बिद्यार्थीले कलेजमा यस्ता खालका बिभिन्न इभेन्टमा गरेको मेहनत र कलेजमा पढाइने बेलायती शिक्षण विधिको सहयोगले बिद्यार्थीहरु सफल भएको कलेजका प्रमुख कार्यकारी डा ऋषिकेश वाग्लेले बताए ।

बिराटनगर इन्टरनेशनल कलेजमा बिगत ८ वर्षदेखि इन्टरनेशनल बिजनेस म्यानेजमेन्ट (बिआइबिएम) र बिगत २ बर्ष देखि इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट पढाइ हुदै आएको छ ।

इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा संचालित यस कलेजले विदेश नै गएर ठुलो लगानीमा अन्तरास्ट्रिय शिक्षा लिनुपर्ने बाध्यतालाई चिर्दै नेपालमै बेलायतका कोर्ष सर्वसुलभ खर्चमा पढाउदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्