नेटवर्किङमार्फत सर्वसाधारण ठगी आरोपमा ग्लोबल ओरियन्स नेपालका छ जना इटहरीबाट पक्राउ

नेटवर्किङमार्फत सर्वसाधारण ठगी आरोपमा ग्लोबल ओरियन्स नेपालका छ जना इटहरीबाट पक्राउ

विराटनगर । राम्रो कमाई र विदेश घुम्न पाईने लोभ देखाएर सर्वसाधारणलाई सदस्य बन्न अभिप्रेरित गरेर रकम ठगी गरेको आरोपमा ग्लोबल ओरियन्स नेपाल इटहरी शाखाका छ जनालाई प्रहरीले पक्राउ गरेको छ । इटहरी–९ सजन राईको घरमा कोठा भाडामा लिएर ज्लोबल ओरियन्स नेपाल प्रा.लि.को बोर्ड समेत राखेर बसेका उनीहरुलाई नेटवर्किङ्गमार्फत सर्वसाधारणबाट असुली गर्ने गरेको भन्दै पक्राउ मंगलबार गरिएको हो ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक भीमबहादुर खड्काका अनुसार पक्राउ पर्नेमा मोरङ मिक्लाजुङ–१ का ससिता राई, सुन्दरहरैंचा–७ का संजीव माझी, ग्रामथान–३ का बिक्रम माझी, कटहरी–६ का पंकजकुमार साह र अरुणकुमार मुडयारी छन् । यसैगरी झापा बिर्तामोड–१० का पदम राईलाई समेत प्रहरी पक्राउ गरेको छ ।

उनीहरुले प्रलोभन देखाएर सर्वसाधारणलाई ठगी गर्ने गरेको गुनासो कार्यालयमा आएपछि खटिएको टोलिले पक्राउ गरे लगतै घर तथा कोठामा खानतलासी गरेको थियो । त्यस क्रममा कम्प्यूटर, ल्यापटप, मोवाईल फोन, विभिन्न व्यक्तिहरुको फोटो, नागरिकता, सम्झौतापत्र, टिकट, बील, छाप, मेडल, प्रमाणपत्र, ईजाजत पत्र, व्यवसायी दर्ता प्रमाणपत्र बरामद गरेको छ । यसैगरी दार्जिलिङ, दुबही, सिंगापुर, बैंकक टुर एचिभर लेखेको व्यानर, ग्लाोबल आईएमई बैंकको चेक (फ्रेम गरेर राखेको) ओरो प्लोर क्लिनर, स्किनभिटा, हेयर स्टायल, तुलसी ड्रप, विन्टर चेरी लगायतका सामानहरु समेत प्रहरी बरामद गरेको छ ।
पक्राउ परेका छ जना र बरामद गरेको सामानसहित सुनसरी जिल्ला अदालतबाट नेटवर्किङ्ग ठगी मुद्दामा म्याद थपेर अनसन्धान सुरु गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्