नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमविरुद्ध विराटनगरमा प्रदर्शन

<span class='c1'>नागरिकता विधेयक प्रमाणीकरण नगर्ने</span> <span class='c2'>राष्ट्रपतिको कदमविरुद्ध विराटनगरमा प्रदर्शन</span>

विराटनगर । प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमविरुद्ध विराटनगरमा पनि प्रदर्शन गरिएको छ ।

जनता समाजवादी पार्टी (जसपा)ले बुधबार विराटनगरमा उक्त कदमको विरोध गर्दै प्रदर्शन गरेको हो ।

विराटनगरको मेनरोडस्थित हनुमान मन्दिर अगाडि प्लेकार्ड र ब्यानरसहित जसपाका नेता तथा कार्यकर्ताले राष्ट्रपतिविरुद्ध नाराबाजी लगाएका थिए । प्रदर्शनका क्रममा उनीहरूले ‘अरू केही जान्दैनौं, व्यवस्थापिका माथिको हस्तक्षेप मान्दैनौं, संवैधानिक सर्वोच्चता कायम गर, संवैधानिक ‘कु’को घोर विरोध गर्दछौं, विद्या तिमी को हौ चिन्दैनौँ, शीतल निवास राख्दैनौं’ जस्ता नारा लगाएका थिए ।
संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पुगेको नागरिकता विधेयक मंगलबार राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरेपछि उनको देशैभर आलोचना समेत भइरहेको छ । संविधानको प्रावधानअनुसार नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने व्यवस्था भएको भएपनि संवैधानिक सर्वोच्चताको ख्याल नराखी राष्ट्रपतिले चालेको कदमविरुद्ध प्रदर्शनी गरेको जसपा मोरङका अध्यक्ष राजकुमार यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्