प्रदेश सरकारको पाँच वर्ष : पूर्वाधार विकास छैन उत्साह

प्रदेश सरकारको पाँच वर्ष : पूर्वाधार विकास छैन उत्साह

सुजता लिम्बु
विराटनगर । प्रदेश सरकार स्थापना भएको पाँचवर्षमा शहरी विकास तथा भवन कार्यालयमार्फत सञ्चालन गरेको ५६ वटा बहुवर्षे आयोजनाहरुमा अहिलेसम्म १ अर्ब ४८ करोड रुपैयाँ भुक्तानी गरिसकेको । प्रदेश १ को सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालय का अनुसार शहरी विकास तथा भवन निर्माण कार्यालय अन्तर्गत प्रदेशले हालसम्म ११ वटा बहुवर्षे आयोजनाको निर्माण सम्पन्न गरेको हो । ४५ वटा अन्य आयोजना भने निर्माणको अन्तिम चरणमा छन् ।

शहरी विकास तथा भवन कार्यालयहरुमार्फत सञ्चालित बहुवर्षे आयोजनाहरुको १ अर्ब २९ करोड ८६ लाख दायित्व रहेकोमा चालु वर्ष ५१ करोड ७८ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । तर, सबै आयोजना चालु वर्षमा सम्पन्न भए मन्त्रालयलाई थप ७८ करोड ८ लाख रुपैयाँ दायित्व बढ्ने देखिन्छ । प्रायः सबै आयोजनाहरु अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ ।
कहाँ कति योजना ?

इलामस्थित शहरी विकास तथा भवन कार्यालयले १६ वटा बहुवर्षीय योजना सञ्चालन गरेकोमध्ये ६ वटा निर्माण सम्पन्न गरेको छ । कार्यालय मातहतका १० वटा योजना निर्माणाधीन छन् । इलामस्थित कार्यालयले झापा, इलाम, पाँचथर र ताप्लेजुङमा हेर्ने गरेको छ ।
शहरी विकास तथा भवनका चार कार्यालयमध्ये धनकुटाको कार्यालयले २३ वटा बहुबर्षे योजना सञ्चालन गरेको छ । जसमा ५ वटा योजना सम्पन्न गरिसकेको छ । भने १८ वटा अन्तिम चरणमा पुगेको छ । धनकुटास्थित कार्यालयले धनकुटा, तेह्रथुम, संखुवासभा र भोजपुरमा काम गर्ने गरेको छ । सबैभन्दा धेरै योजना धनकुतास्थित शहरी विकास तथा भवन कार्यालयबाट सञ्चालन भएको छ । ५ वटा योजना निर्माण सम्पन्न गरेको यस कार्यालयले धनकुटामा २ वटा, तेह्रथुम, भोजपुर र संखुवासभामा एक÷एक वटा योजना सम्पन्न गरेको हो ।

ओखलढुंगास्थित कार्यालयबाट ८ वटा योजना सञ्चालन भइरहेको छ । कार्यालयले खोटाङ, ओखलढुंगा र सोलुखुम्बुको काम हेर्ने गरेको छ । भने सबैभन्दा थोरै योजना ओखलढुंगास्थित शहरी विकास तथा भवन कार्यालयबाट सञ्चालन भइरहेको छ ।
यस्तै मोरङस्थित शहरी विकास तथा भवन कार्यालयबाट उदयपुर, सुनसरी र मोरङ जिल्लामा ९ वटा योजनाहरु सञ्चालन भइरहेको सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले जनाएको छ ।
कहाँ कति बजेट विनियोजन ?
चालु वर्ष इलाम कार्यालयलाई १६ करोड ५९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । इलाम कार्यालयलाई बहुवर्षीय आयोजनाहरु २८ करोड ६३ लाख रुपैयाँभन्दा बढी दायित्व बाँकी रहने छ । यस्तै शहरी विकास तथा भवन कार्यालय ओखलढुंगा अन्तर्गत ८ वटा योजना सञ्चालन गर्न ३५ करोड ३७ लाख रुपैयाँमा सम्झौता भएकोमा हालसम्म १५ करोड ७८ लाख रुपैयाँ भुक्तानी भइसकेको छ ।
चालु आर्थिक वर्षमा ६ करोड ८५ लाख रुपैयाँ बजेट विनियोजन भएकोले बहुबर्षे आयोजना सम्पन्न गर्नका लागि कार्यालयलाई १२ करोड ७३ लाख रुपैयाँ दायित्व बाँकी रहने कार्यालयले जनाएको छ । गत आर्थिक वर्षमा २८ करोड ७१ लाख रुपैयाँ विनियोजन भएकोमा कार्यालयले २८ करोड १६ लाख रुपैयाँ खर्च गरेको थियो ।

शहरी विकास तथा भवन कार्यालय धनकुटाले २३ वटा आयोजना सञ्चालन गर्न ९९ करोड ८ लाख रुपैयाँको सम्झौता गरेकोमा हालसम्म ४९ करोड २१ लाख रुपैयाँ भुक्तानी गरिसकेको छ ।
धनकुटास्थित कार्यालयको लागि चालु आर्थिक वर्षमा १७ करोड ५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । गत आर्थिक वर्ष कार्यालयलाई ३८ करोड ६१ लाख रुपैयाँ विनियोजन भएकोमा ३६ करोड ७० लाख रुपैयाँ खर्च भएको थियो ।

यसैगरी मोरङ कार्यालय अन्तर्गत ९ वटा योजना सञ्चालन गर्न ५८ करोड ९८ लाख ९० हजार रुपैयाँको सम्झौता भएकोमा हालसम्म २७ करोड २१ लाख रुपैयाँ भुक्तानी भइसकेको छ । अघिल्लो आर्थिक वर्षमा उक्त कार्यालयलाई ५३ करोड ७८ लाख रुपैयाँ विनियोजन गरेकोमा ४८ करोड ४९ लाख रुपैयाँ खर्च गरेको मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्