विराटनगर–१ मा सञ्चालित जीवन विकास डेरी उद्योग परिसरमा झिंगा र दुर्गन्ध

विराटनगर–१ मा सञ्चालित जीवन विकास डेरी उद्योग परिसरमा झिंगा र दुर्गन्ध

विराटनगर । जीवन विकास डेरी प्रोडक्टस् उद्योग परिसर दुर्गन्ध, फोहोर र झिंगायुक्त हुने गरेको पाइएको छ ।

जीवन विकास समाजले सञ्चालन गरेको डेरी उद्योगका उत्पादन उपभोक्ताको स्वास्थ्य हित विपरित देखिएको हो ।मोरङको कटहरीमा केन्द्रीय कार्यालय रहेको जीवन विकासले विराटनगर–१ मा जीवन डेरी प्रोडक्टस् उद्योग सञ्चालन गर्दै आएको छ ।

उक्त उद्योगबाट प्रशोधन भई बजारमा बिक्री बितरण हुने दुग्धजन्य वस्तुमा लापार्वाहीपूर्ण कार्य हुने गरेको पाइएको छ ।

विराटनगर महानगरपालिकाले गरेको अनुगमनमा दूध प्रशोधनस्थलमा झिंगा, दुर्गन्ध, फोहोर र अव्यवस्थित पाइएको थियो । यति मात्रै नभई खाली हातले दूध तथा दूधबाट हुने उत्पादन चलाउने गरेको पाइएको महानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख दिपक पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार उद्योगको ‘मिल्क रिसिभिङ्ग कक्ष’ दुर्गन्ध र फोहोर मात्रै नभई भनभनी झिंगा उडिरहेको पाइएको हो ।

उद्योगलाई यस अगाडी २०७७ साउन ८ गते महानगरपालिकाको अनुगमन टोलिले निर्देशन दिएर दूधजन्य वस्तु भण्डारण गर्न प्लाष्टिकको भाँडा प्रयोग नगर्न भनेको थियो । तर, निर्देशन दिदाँ प्रयोग भएका भाँडा अझैसम्म उद्योगमा भेटिएको थियो ।

आर्थिक प्रशासन महाशाखा पौडेलका अनुसार यस पटक पाँचवटा भाँडा तत्काल जपथ गरिएको छ । जपथ गरिएका भाँडा फोहोर, दुर्गन्ध रहेका छन् । चरम लापर्वाही देखिएको छ, उत्पादनहरुले उपभोक्ताको स्वास्थ्यमा असर पु¥याउन सक्छ, पौडेलले भन्नुभयो–दूध मात्रै नभई त्यहिबाट उत्पादन हुने पानीको प्याकेजिङमा समेत लेवल स्पष्ट नभएको भेटिएको छ । डेरी उद्योगमा पस्न सक्ने अवस्था नभएपछि मास्कको प्रयोग गरिएको थियो ।

पानीको जार र बोतलमा मिति उल्लेख नगरेको लेवल लगाएको पाइएपछि नष्ट समेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्