चाडपर्व लक्षित मोरङ विशेष सुरक्षा योजना

चाडपर्व लक्षित मोरङ विशेष  सुरक्षा योजना

विराटनगर । आउदै गरेको चाडपर्वलाई लक्षित गरेर मोरङ प्रहरीले विशेष सुरक्षा योजना लागु गरेको छ ।

जिल्ला प्रहरी कार्यलय मोरङ प्रहरीले पत्रकार सम्मेलनको आयोजनागर्दै सुरक्षा योजनाका बिषयमा जानकारी गराएको हो । चाडपर्वमा आपराधिक गतिविधि र दुर्घटना समेत बढेर जाने सम्भावना रहने गरेकाले बिशेष सुरक्षा योजना लागु गरिएको प्रहरीले जनाएको छ ।

चाडपर्वको बेला चोरी

डकैती,कालोबजारी,तस्करी,अपहरण,जुवातास खेल्ने खेलाउने जस्ता गतिविधिहरु बढेर जाने गरेकाले सम्भावित सुरक्षा खतराहरुको पहिचान गरि सुरक्षा योजना लागु गरिएको जिल्ला प्रहरी कार्यालय प्रमुख शान्तिराज कोईरालाले बताउनुभयो ।

बिशेष सुरक्षा अन्तर्गत विभिन्न प्रकारको डिउटी दिएर १२९१ जना प्रहरी परिचालन गरिएको उहाँले बताउनुभयो । सुरक्षा योजना अन्र्तगत ६२ स्थानको पिकेटमा २८८ जना प्रहरी परिचालन गरिएको एसपी कोईरालाले बताउनुभयो । यस्तै १८ सवारी गस्तीमा १२३ जना,पैदलगस्तीमा २७६ जना,मोटरसाईकल गस्तीमा २१४ जना,ट्राफिक चेकिङमा १५० जना प्रहरी सहित अन्य विभिन्न प्रकारको जिम्मेवारीसहित प्रहरी परिचालन गरिएको उहाँले बताउनुभयो ।

बिशेष सुरक्षा योजना अन्र्तगत प्रहरीले भिभिआईपी तथा भिआईपी निवास सुरक्षा,यातायात,औद्योगिक क्षेत्र,आर्थिक कारोबार हुने वित्तिय संस्था,सुनचाँदी पसल लगायतका जोखिम हुनसक्ने क्षेत्रको पहिचानगरि प्रहरी परिचालन गरेको जनाईएको छ । असोज ४ बाट आउदो छैठसम्मकालागि ४० दिनको सुरक्षा योजना लागु गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्