विराटनगर महानगरको सरसफाई विशेष अभियान

<span class='c1'>विराटनगर महानगरको सरसफाई</span> <span class='c2'>विशेष अभियान</span>

विराटनगर । कसैको हातमा झाडु, कसैको हातमा बेल्चा, कसैको हातमा हँसिया । यो दृश्य शुक्रबार बिहान विराटनगरका विभिन्न वडाको हो । माथि उल्लेखित दृश्य महानगर सरसफाई विशेष अभियानको हो । यतिबेला विराटनगर महानगर विशेष सफाई अभियान सञ्चालन भइरहेको छ ।

महानगरको कार्यपालिका बैठकले नै हरेक शुक्रबार विराटनगरमा विशेष सफाई अभियान सञ्चालन गर्ने निणर्य गरेको छ । सोही निणर्यअनुसार महानगरले हरेक शुक्रबार बिहान ७ देखि ९ बजेसम्म महानगरका विभिन्न वडाको सफाई गरिरहेको छ । महानगरलाई उत्तरी, मध्य र दक्षिणी क्षेत्रमा विभाजित गरेर सरसफाई अभियान चलाइरहेको छ । उत्तरी क्षेत्रको नेतृत्व प्रमुख प्रशासकीय अधिकृत, मध्येको उपमेर र दक्षिणीको मेयरले नेतृत्व गर्दै आएका छन् । प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाको नेतृत्वमा वडा नम्बर ५ को सफाई गरियो । चाँदनी चोकबाट सरसफाई सुरु भएको थियो ।

सरसफाई विशेष अभियान त्रिमूर्ति चोक आसपासको समेत सफाई गरेर समापन भएको थियो । सफाई अभियानमा स्थानीयसमेत सहभागी भएका थिए । सफाईमा वडा नम्बर १ का वडाध्यक्ष काजी बस्नेत, २ कुमार पोखरेल, ३ का वासुबहादुर बस्नेत, ४ का जितन थापा, ५ का सन्तोष न्यौपानेलगायत कार्यपालिका र नगरपरिषद् सदस्य, नगर प्रहरीका प्रमुख राजन पौडेललगायत पनि सरसफाईमा सक्रिय देखिएका थिए । “सफाई अभियानमा स्थानीयको समेत सहभागिता हुनुपर्छ । हामी स्थानीय जनसहभागिता गराएर महानगरको मुहार फेर्ने अभियानमा लागेका छौं,” प्रमुख प्रशासकीय अधिकृत कोइरालाले भने, “यो एक दिन गरेर हुँदैन सधैं गर्ने काम हो ।” अभियानअन्तर्गत हरेक हप्ता बेग्ला-बेग्लै वडाको सरसफाई हुने गरेको छ । यस हप्ता उत्तरी क्षेत्रको ५ नम्बर वडाले आयोजना गरेको वडाध्यक्ष सन्तोष न्यौपानेले जानकारी गराए ।

त्यसैगरी मध्य क्षेत्रको कार्यबाहक मेयर शिल्पा निराला कार्कीको नेतृत्वमा सफाई गरिएको थियो । वडा नम्बर ६ को ब्रम्हापुर आसपासको क्षेत्रमा सरसफाई गरिएको थियो । अभियानमा वडा नम्बर ६ का वडाध्यक्ष हरिश्चन्द सहनी, १० का अर्जुन गिरी, ११ का तीर्थेन्द्र न्यौपाने, महानगरको वातावरण तथा विपद व्यवस्थापन महाशाखाका प्रमुख राजेन्द्र प्रधानलगायत जनप्रतिनिधि, नगर प्रहरी, कर्मचारी र स्थानीयको सहभागिता रहेको थियो । “सरसफाई विशेष अभियानपछि विराटनगर धेरै नै सफा भएको छ,” उपमेयर कार्कीले भनिन्, “ठाउँ विशेषअनुसार प्राथमिकताको क्षेत्र फरक हुन्छ, विराटनगरका लागि सरसफाई पनि प्राथमिकताको क्षेत्रभित्र पर्दछ । त्यही भएर हामीले साप्ताहिक रुपमा महानगर विशेष सफाई अभियान सञ्चालन गरेका हौं ।” दक्षिणी क्षेत्रको सरफाई विशेष अभियानको नेतृत्व मेयर नागेश कोइरालाले गर्दै आएका छन् ।

गत हप्ता कोइरालाको नेतृत्वमा विराटनगर १३ तालिमकेन्द्र मोडदेखि उत्तरको सरसफाई गरिएको थियो । यसहप्ता भने मेयर कोइराला सिटी-नेटको कार्यक्रममा सहभागी हुन मलेसिया गएका कारण सो क्षेत्रका वडाध्यक्ष, सदस्य, कर्मचारी र स्थानीयको सहभागिताको सरसफाई गरिएको थियो । वडा नम्बर १६ को गौतम बुद्ध स्कुलदेखि बैंक रोडसम्म सफाई गरिएको वडा नम्बर १६ का वडाध्यक्ष उद्धव भुजेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्