विराटनगरमा चियावालाज, जहाँ २० प्रकारका भेराईटिजमा चिया पाईन्छ

<span class='c1'>विराटनगरमा चियावालाज, जहाँ २०</span> <span class='c2'>प्रकारका भेराईटिजमा चिया पाईन्छ</span>

विराटनगर । विराटनगर ९ स्थित कलेज रोडमा २० बढी स्वादमा चिया पाईने उद्धेश्य सहित चियावालाज् फेमिली क्याफे संचालनमा आएको छ ।


नयाँ अवधारणका साथ भानुटोलको कलेजरोडमा क्याफे संचालनमा ल्याईएको हो । क्याफेमा साधारण चियाका साथै,केशर चिया,म्याङ्गो टी,पामोग्रनेट टी,कोकोनट टी र कर्डिमोम टी लगायतको २० भन्दा बढी भेराईटी र स्वादमा चिया उपलब्ध हुने संचालक युसुफ रजा खानले जानकारी दिए । क्याफेमा उपलब्ध हुने चियाको मुल्य न्यूनतम २० देखी अधिकतम ७५ रुपैया राखिएको छ ।  यसका साथै नेपाली,ईण्डियन र चाईनिज परिकारका भेज तथा ननभेज स्न्याक्सहरु समेत क्याफेमा उपलब्ध हुने खानले बताए । विद्यार्थी,कर्मचारी र परिवारसंग चिया–नाश्ता खान आउने व्यक्तीहरुलाई लक्षित गरेर क्याफे संचालनमा ल्याइएकाले क्याफेमा मदिराको विक्री वितरण नगरिने संचालक पक्षले जनाएको छ ।


शुरुमा १० लाखको लगानी गरिएपनि क्रमिकरुपमा लगानी थप गर्दै जाने संचालकले बताएका छन । क्याफेमा कुक,वेटर र म्यानेजरगरि १० जनाले रोजगार समेत पाएका छन । क्याफे निर्माणकालागि फलामको प्रयोगगरि कुशल ईन्जीनियरिङबाट आर्कषक संरचना निर्माण गरिएको छ । साथै क्याफेमा पुल हाउस समेत रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्