विराटनगर । विराटनगर १४ मलायरोडमा रहेकोे साउथ एसियन स्कुल अफ टुरिजम एण्ड होटल मेनेजमेन्ट ( सास्थम ) कलेजले धुमधामका साथ ‘दशैँ म्युजिकल फेष्टिा २०७९’ मनाएको छ ।
कलेजले शुक्रबार कलेज प्राङ्गगणामा एक भव्य कार्यक्रम गरी ‘दशैँ म्युजिकल फेष्टिभल २०७९ ’ मनाएको हो । आउदै गरेको नेपालीहरुको महान पर्व दशैँ तिहार तथा छठ पर्वको अवसर पारेर कलेजले हरेक बर्ष चाडपर्व लक्षित कार्यक्रम गर्दै आएको छ ।
कार्यक्रममा कलेजका होटल मेनेजमेन्ट तथा विविए विषयमा अध्ययनरत विभिन्न सेमेस्टारका विद्यार्थीहरुले विविध सास्कृति कार्यक्रमहरु प्रस्तुत गरेका थिए । विद्यार्थीहरुले गायन, नृत्य , कविता तथा सामाजिक विषय वस्तुमा समेटिएको नाटक समेत प्रस्तुत गरेको नाटक निर्देशक देवेन्द्र यादवले जानकारी दिए ।
हाल सामाजिक सञ्जालको दुरपयोगले गर्दा आम मानिसको जिवनमा पारेको असरले निम्ताएको गलत कुरालाई चिर्नको लागी नाटक प्रस्तुति गरिएको यादवले बताए । साथै कार्यक्रममा विराटनगरको ‘द ओसियन व्याण्ड’ ले साङ्गितिक प्रस्तुती समेत दिएको सास्थम कलेजका प्रशासन प्रमुख राजेश गुरुङले बताए ।
कार्यक्रममा सास्थम कलेजका निर्देशक रोशन थापा , प्रिन्सीपल देवराज श्रेष्ठ , महेश प्रसाद सिङ, शैलेन्द्र गनेश , विवेक केसी लगायत अन्य शिक्षक तथा कर्मचारी तथा विद्यार्थीहरुको सहभागिता रहेको गुरुङले जानकारी दिए । कलेजले हरेक बर्ष यस्ता सास्कृतिक कार्यक्रमहरु गर्दै आएको छ ।