दसैंको अवसरमा पूर्व प्रहरी संगठनको शुभकामना आदानप्रदान

दसैंको अवसरमा पूर्व प्रहरी संगठनको शुभकामना आदानप्रदान

विराटनगर । नेपाल पूर्व प्रहरी संगठन प्रदेश–१ ले दसैं, तिहार र छठ पर्वका अवसर शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ ।

विराटनगर–१२ स्थित पूर्व प्रहरी संगठनको प्रदेश कार्यालयमा आज आयोजित कार्यक्रममा शुभकामना आदानप्रदानसहित संगठनभित्रको विवाद समाधान गर्ने निर्णय गरेको छ । संगठनको भेलाले आन्तरिक छलफल तथा त्यसको निराकरण गर्ने निर्णय भएको पूर्वप्रहरी संगठन प्रदेश–१ का संयोजक बाबुराम श्रेष्ठ वर्षाले जानकारी दिनुभयो । विधान संशोधन गर्नका लागि केन्द्रीय समितिलाई पत्रचार गर्ने निर्णयसमेत भएको छ ।

त्यसैगरी मोरङ र सुनसरीको हालको कमिटीलाई विघटन गरी तदर्थ समिति गठन गर्नसमेत केन्द्रीय समितिलाई आग्रह गर्ने निर्णय भएको संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।

भेलामा संगठनका केन्द्रीय सदस्य पूर्व प्रहरी निरीक्षक नेत्र बरुवाल, मोरङ अध्यक्ष पूर्व डिएसपी विन्देश्वरप्रसाद श्रेष्ठ, सुनसरीका अध्यक्ष रामप्रसाद लामा, पूर्वडिएसी बद्रीविक्रम थापा, कविन्द्र कार्की, प्रदेश कोषाध्यक्ष ललित श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्