झापामा शुक्रबार राति मोटरसाइकल आपसमा ठोक्किँदा दुईजनाको मृत्यु

<span class='c1'>झापामा शुक्रबार राति मोटरसाइकल</span> <span class='c2'>आपसमा ठोक्किँदा दुईजनाको मृत्यु</span>

झापा । झापाको मेचीनगर नगरपालिकामा शुक्रबार राति मोटरसाइकल आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी एक घाइते भएका छन् ।

मेची राजमार्ग अन्तर्गत मेचीनगर–१२ स्थित पिपलडाँगीमा शुक्रबार राति ११ः२५ बजे उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्र १–०१–०१४ र प ३३५० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँँदै गरेको प्र १–०१–०१४ प २६७८ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँँदा दुवै चालकको मृत्यु भएको झापा जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा घाइते भएका प्र १–०१–०१४ प ३३५० नम्बरको मोरसाइकल चालक कनकाई–४ का ३८ वर्षीय कृष्णप्रसाद सिग्देल र प्र १–०१–०१४ प २६७८ नम्बरका मोटरसाइकल चालक अर्जुनधारा–४ का ४५ वर्षीय विष्णु थापाको उपचारका क्रममा बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा आज बिहान साढे १ बजे मृत्यु भएको हो ।

उक्त दुर्घटनामा  मोटरसाइकल पछाडि सवार कनकाई–४ का ५३ वर्षीय रामबहादुर अधिकारीको टाउको, हात र खुट्टामा चोट लागेकाले उपचार भइरहेको प्रहरीले  जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्