विराटनगरबाट बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

विराटनगरबाट बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

विराटनगर । विराटनगरबाट १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका-७ हाटखोला बस्ने ४४ वर्षीय अजय तिवारीलाई शुक्रबार दिउँसो प्रहरीले जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरेको हो ।

तिवारीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटना सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्