विराटनगरको शहिद रंगशालामा स्व. बन्टी भुजेल भेट्रान फुटबल प्रतियोगिता हुँदै

विराटनगरको शहिद रंगशालामा स्व. बन्टी भुजेल भेट्रान फुटबल प्रतियोगिता हुँदै

विराटनगर । विराटनगरको शहिद रंगशालामा ‘स्व. बन्टी भुजेल स्मृति कप रनिङ्ग शिल्ड भेट्रान फुटबल प्रतियोगिता २०७९’ हुने भएको छ ।

विराट बुद्ध स्पोर्टिङ्ग, पेमा युवा क्लव, र सिएम जी स्वास्थ्य क्लबको सयुक्त आयोजनामा असोज ९ गतेदेखी १५ गते सम्म विराटनगरको सहिद रंगशालामा आयोजना हुने जानकारी गराएको छ ।
आयोजक टिमले शनिबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी ४० बर्ष माथिका खेलाडीहरु सहभागिता जनाई स्व. बन्टी भुजेल प्रतिको सम्मानमा उमेर ढल्कदै गएका पुराना खेलाडीहरुलाई एकत्रित गरेर खेलमा निरन्तर रहन र हौसला प्रदान गर्ने उदेस्यले प्रतियोगिता गर्न लागेको जनाएको हो ।

कटहरी गाँउपालीका वडा नम्बर १ महेशपुर निवासी विजय भुजेलको गत असार ८ गते निधन भएको थियो । उनको सम्झनामा आयोजकले फुटबल र भुजेल प्रतिको सम्मान दर्शाउदै स्व.बन्टी भुजेल स्मृति कप रनिङ्ग शिल्ड भेट्रान फुटबल प्रतियोगिता आयोजना गर्न लागीएको प्रतियोगिता आयोजक कमिटीका संयोजक किशोर धमलाले बताए । प्रतियोगितामा झापा मोरङ, सुनसरी , सिराहा जिल्लाका १० वटा टिमले प्रतियोगितामा सहभागिता जनाउने धमलाले पत्रकार सम्मेलनमा जानकारी दिए ।

साथै प्रतियोगिताको विजेतलाई १ लाख २५ हजार र उप विजेतलाई ७५ हजार साथै म्यान अफ द म्याच, म्यान अफ द सिरिज लगायतका विधाहरुमा पनि नगर पुरस्कारको व्यावस्था रहेको प्रतियोगिता आयोजक कमिटी सचिव रोहित कोईरालले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न करिब ८ लाख रुपैया खर्च लाग्ने आयोजकले अनुमान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्