विराटनगरको भाटभटेनीमा दसैंतिहार अफर,१० देखि ३०%सम्म छुट,चिनी ६९ रुपैयाँ

विराटनगरको भाटभटेनीमा दसैंतिहार अफर,१० देखि ३०%सम्म छुट,चिनी ६९ रुपैयाँ

विराटनगर । भाटभटेनी सुपर स्टोरले दसैँतिहार र छठ लगायतका चाडपर्वलाई लक्षित गर्दै छुटको योजना ल्याएको छ ।  भाटभटेनीले गत बुधबारदेखि देशभरिकै स्टोरमा लागु हुने गरी छुटको योजना सार्वजनिक गरेको हो ।

यता विराटनगर भटभटेनी शाखाका सहायक प्रवद्धक पर्शराम तिमिल्सिनाले दशै तिहार चाडपर्व लक्षित गरी सुपर स्टोरले विभिन्न सामग्रीमा १० देखि ३० प्रतिशतसम्मको छुटको योजना ल्याएको जानकारी दिनुभयो । ग्रोसरी आइटममा एक सामान खरीद गर्दा अर्को उपहार दिने योजना समेत ल्याएको उहाँले बताउनुभयो ।


भाटभटेनीले भारतीय सीमा क्षेत्र नजिकका ७ वटा स्टोरमा चिनी ६९ रुपैयाँमा बेच्ने घोषणा गरेको छ। भारतीय बजारमा चिनी ६५ रुपैयाँ किलो छ । सीमा क्षेत्रका विराटनगर, इटहरी, नेपालगञ्ज, भैरहवा, धनगढी, हेटौंडा र बुटवलका स्टोरमा भाटभटेनीले चिनीको मूल्य प्रतिकिलो ६९ कायम गरेको गरेको छ ।
ग्रोसरीतर्फ केलोक्स कम्पनीको ओट्स र कर्नफ्लेक्समा ३० प्रतिशत छुट छ। विभिन्न कम्पनीका ब्रान्डेड बिस्कुट, साबुन र स्याम्पुमा १० प्रतिशत छुट छ। आरएस कम्पनीको २ लिटरको ओलिभ आयल खरीद गर्दा अर्को २ लिटर सित्तैँमा पाइने अफर रहेर भाटभटेनीले जनाएको छ ।


भाटभटेनी स्टोरले सबै प्रकारका गार्मेन्ट, सारी र कुर्तामा १०, फुटवेयरमा १० र गोल्डस्टार कम्पनीका फुटवेयरमा १५ प्रतिशत छुटको अफर ल्याएको छ त्यस्तै पेय पदार्थमा १० देखी २० प्रतिशत सम्म छ्ट रहेको जनाएको छ । त्यसैगरी इलेक्ट्रोनिक सामग्रीहरू टीभी, फ्रिज, वासिङ मेसिन लगायतका सामानमा ३० प्रतिशतसम्म छुट रहेको भाटभटेनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्