मिल्स भेट्रान्स गोल्डकप प्रतियोगिता : हाटखोला र दमक भेट्रान्स क्लब फाइनलमा भिड्ने

मिल्स भेट्रान्स गोल्डकप प्रतियोगिता : हाटखोला र दमक भेट्रान्स क्लब फाइनलमा भिड्ने

विराटनगर । १ नं. प्रदेश स्तरीय प्रथम टुबोर्ग मिल्स भेट्रान्स गोल्ड कप प्रतियोगिताको फाइनलमा मर्निङ्ग भेट्रान्स क्लब हाटखोला पुगेको छ ।

विराटनगर जुट मिलको खेलमैदानमा शनिबार भएको सेमिफाइनल खेलमा आयोजक मिल्स भेट्रान्स क्लब रानीलाई टाइब्रेकरमा ३-१ गोलले हराउँदै मर्निङ्ग भेट्रान्स क्लब हाटखोला फाइनलमा पुगेको हो ।

जितसँगै हाटखोलले सोमबार हुने फाइनल खेलमा उपाधिको लागि दमक-लखनपुर भेट्रान्स क्लब झापासँग प्रतिस्पर्धा गर्नेछ ।

शनिबारको अन्तिम सेमिफाइनल खेलमा निर्धारित समयसम्म २/२ गोलको बराबरी भएपछि जितको छिनोफानो ट्राइब्रेकरबाट भएको थियो । ट्राइब्रेकरमा हाटखोलाका अर्जुन खड्की, सुरेन तामाङ्ग र सुरज श्रेष्ठले गोल गरी टिमलाई फाइनलमा पुर्‍याउन सफल भए । हाटखोलाका राजु थापाको प्रहार बाहिर गएको थियो ।

ट्राइब्रेकरमा आयोजक मिल्सका बिनय चौधरी, कृष्ण शाक्य र रानु प्रताव रानाले गोल गर्न नसक्दा आयोजक प्रतियोगिताबाट बाहिरनुपर्‍यो । मिल्सको तर्फबाट ट्राइब्रेकरमा बुद्धी दराइ राईले मात्र गोल एक गोल गरेका थिए ।

खेल सुरू भएको १५ औँ मिनेटमा हाटखोलाका सुरज जंग राणाले सुरूवाती गोल गरी टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफसम्म दबावमा राखेको हाटखोलले दोस्रो हाफदेखि आयोजक आक्रमक रूपमा मैदान उत्रिएको थियो । ४६ औं मिनेटमा हाटखोलाका खेलाडीले डिबक्स भित्र मिल्स भेट्रान्सका श्याम मल्ललाई लढाएपछि आयोजकले पेलान्टी पाएको थियो । पेलान्टीमा जुमानु राईले गोल गरी खेल बराबारीमा ल्याए । आयोजकले पेलान्टीमार्फत गोल गरेको दुई मिनेटपछि जुमानुले ४८ औंँ मिनेटमा गोल गरी दोब्बर बनाए । आयोजकको अग्रता पाँच मिनेट पनि कायम गर्न नपाउँदै हाटखोलाका सुमन श्रेष्ठे ५३ औं मिनेटमा गोल गरी खेल बराबारीमा ल्याएका थिए ।

प्रतियोगिताको म्यान अफ द म्याच हाटखोलाका गोल किपर मिन बस्नेत घोषित भए । उनले नगद २ हजार १ सय रुपैयाँ पाए । फाइनल सोमबार (असोज १० गते घटस्थापनाका)का दिन हुने प्रतियोगिता संयोजक मनोज खड्काले बताए । उनका अनुसार असोज १ गतेदेखि सुरु भएको प्रतियोगितामा प्रदेश १ का ११ वटा टिम सहभागी थिए । मिल्स भेट्रान्स क्लबले आयोजना गरेको प्रतियोगिताको विजेताले ५१ हजार एक सय ११ रूपैयाँ र उपविजेताले ३१ हजार १ सय ११ रूपैयाँ पुरस्कार पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्