विराटनगरमा बजाज मोटरसाइकलको एक्स्चेन्ज मेला आइतबारदेखि, यस्तो छ मेलामा विशेषता

विराटनगरमा बजाज  मोटरसाइकलको एक्स्चेन्ज मेला आइतबारदेखि, यस्तो छ मेलामा विशेषता

विराटनगर । विराटनगर ३ मुनाल पथ ‘बजाज एक्स्चेन्ज मेला’ आइतबारदेखि सुरु हुने भएको छ । बजाज कम्पनीको आधिकारिक बिक्रेता एस एन्ड ब्रोदर्श अटो प्रा।लि। को आयोजनामा बजाज एक्स्चेन्ज मेला सुरु हुन लागेको हो ।

आउँदै गरेको विजय दशमी र शुभ दीपावलीलाई लक्षित गरी असोज ९ देखि १४ गतेसम्म बजाज एक्स्चेन्ज मेला सुरु हुने एस एन्ड ब्रोदर्श अटो प्रालिका प्रोप्राइटर मनोज कुमार चौधरीले जानकारी दिए । मेलामा कुनै पनि मोटरसाइकलको प्रचलित बजार भ्यालु भन्दा ७ हजार रुपैयाँ थप दिने बताइएको छ । मेलामा बजाजको कुनै पनि मोटरसाइकल खरिदमा ७ हजार रुपैयाँ नगद छुटको अफर दिएको छ ।

अहिले मेलामा बजाजको नयाँ आएको सवारी साधन बुझन र खरिद गर्न ग्राहकहरूको लागि बजाज एक्स्चेन्ज मेला सुनौलो अवसर रहेको छ । मेलामा जुनसुकै कम्पनीका बाइक साट्न सकिनेछ ।

जुनसुकै कम्पनीका पुराना बाइक भ्यालु एडिसन ७ हजार थप गरिने प्रोप्राइटर चौधरीले बताए । मोटरसाइकलको खरिदमा फाइनान्स सुविधा पनि रहेको छ । साथै नयाँ बाइकको खरिदमा हेलमेट, ले गार्ड र कम्प्युटर ब्याग फ्रीमा उपलब्ध गराउने चौधरीले बताए । मेलामा बजाजको हालै बजारमा आएको एन एक्स १२५ सिसको मोटरसाइकल पनि बजारमा रहेको छ । यो मोटरसाइकल अहिलेको युवापुस्ताहरूको रोजाइमा परेको मोटरसाइकल हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्