विराटनगर सेन्ट्रल मलमा ‘विराट दशैं तिहार उत्सव’ भोली ईन्दिरा जोशी आउने

<span class='c1'>विराटनगर सेन्ट्रल मलमा ‘विराट दशैं तिहार</span> <span class='c2'>उत्सव’ भोली ईन्दिरा जोशी आउने</span>

विराटनगर । विराटनगरमा रहेको सेन्ट्रल मलले ‘विराट दशैं तिहार उत्सव’ मनाउने भएको छ । नेपालीहरुको महान पर्व दशै तिहार र छठ पर्वलाई लक्षित गर्दै घटस्थापनाको दिन लाईभ कन्र्सट गर्दै विराट दशैँ तिहार उत्सव मनाउने भएको हो । सेन्ट्रल मलले असोज १० गते सोमबार घटस्थापनाका दिन सेन्ट्रल मलमा राष्ट्रिय कलाकारको साथमा लाइभ पर्फर्मेन्स गर्ने भएको छ ।


दिउसो ३ बजेदेखि आयोजना गर्न लागिएको कार्यक्रममा नेपालका चर्चित गायिका इन्दिरा जोशीसंगै रितेश निराभाना र द्रव्य व्याण्डले साँगितिक प्रस्तुति दिने सेन्ट्रल मलले जनाएको छ ।
सेन्ट्रल मलले यसपटकको दशै तिहार र छठ पर्वलाई मध्यनजर गर्दै ‘ विराट दशै उत्सव’ २०७९ धमका समेत ल्याएको छ । विराट दशै तिहार उत्सवको अवसरमा सेन्ट्रल मलमा आफ्ना सेवाग्राहीलाई ५ सय वा सो भन्दा बढीको खरिदमा लक्की कुपन प्राप्त गरी विभिन्न आकर्षण पुरस्कार प्राप्त गर्ने सक्ने सेन्ट्रल मलले जनाएको छ । यसै विच घटस्थापनाको दिनदेखी नवमी सम्म हरेक दिन एक लक्की ड्र अन्र्तगत टिभी र एक बर्ष सम्म निशुल्क ईन्टरनेट सेवा प्राप्त गर्न सक्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्