विराटनगरको मुनालपथमा बजाज एक्स्चेज मेला सुरु, जहाँ ७ हजार सम्म छुट दिईने

विराटनगरको मुनालपथमा बजाज एक्स्चेज मेला सुरु, जहाँ ७ हजार सम्म छुट दिईने

विराटनगर । बजाज कम्पनीको आधिकारिक बिक्रेता एस एन्ड ब्रोदर्श अटो प्रा लि विराटनगरले बजाज एक्स्चेन्ज मेला सुरु गरेको छ । विराटनगर २ मुनाल पथ बजाज शो रुम छेउमा ‘बजाज एक्स्चेन्ज मेला’ आइतबारदेखि सुरु भएको हो ।


आउँदै गरेको विजय दशमी र शुभ दीपावलीलाई लक्षित गरी असोज ९ देखि १४ गतेसम्म बजाज एक्स्चेन्ज मेला सुरु भएको एस एन्ड ब्रोदर्श अटो प्रालिका प्रोप्राइटर मनोज कुमार चौधरीले बताउनुभयो ।
मेलामा कुनै पनि मोटरसाइकलको प्रचलित बजार भ्यालु भन्दा ७ हजार रुपैयाँ थप दिने बताइएको छ । मेलामा बजाजको कुनै पनि मोटरसाइकलको खरिदमा ७ हजार रुपैयाँ नगद छुटको अफर दिएको छ । अहिले मेलामा बजाजको नयाँ आएको सवारी साधन बुझन र खरिद गर्न ग्राहकहरूको लागि बजाज एक्स्चेन्ज मेला सुनौलो अवसर रहेको छ । मेलामा जुनसुकै कम्पनीका बाइक साट्न सकिने जनाइएको छ ।


मोटरसाइकलको खरिदमा फाइनान्सको समेत सुविधा रहेको छ । नयाँ बाइकको खरिदमा हेलमेट, ले गार्ड र कम्प्युटर ब्याग फ्रीमा उपलब्ध गराईने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्