विराटनगर–४ नोबेल रोडमा खुल्दैछ पाइला रेष्टुरेन्ट

विराटनगर–४ नोबेल रोडमा खुल्दैछ पाइला रेष्टुरेन्ट

विराटनगर । विराटनगरको एयरपोर्ट रोडमा खुलेका होटल गुलजार छन् । मिठा परिकार र शान्त वातावरणमा रम्नेहरु त्यहाँ भीड लाग्छन् । एयरपोर्ट रोडदेखि केहि उत्तरमा कन्चनबारी–नोबेल पनि भीड लाग्ने स्थानमा पर्दछ ।

तर, त्यहाँ एयरपोर्ट रोडमा जस्तो होटल रेष्टुराँ छैनन् । राम्रो रेष्टुरेन्ट खोल्दा चल्न संभावना देखेपछि विराटनगर–४ नोबेल रोडमा पाइला रेष्टुरेन्ट असोज १२ गते खुल्ने भएको छ । यसका सञ्चालक भेडेटारमा म्याजेस्टिक होटल चलाएका अनुभवी छन् । रिजन थापा र ओमकुमार माझी विगत सातवर्षदेखि भेडेटारमा होटल सञ्चालन गरेका अनुभवी हुन् । उनीहरुले नै नोबेल रोडमा राम्रो रेष्टुरेन्ट सञ्चालन हुनसक्ने संभावनालाई देखेर लगानी गरेका हुन् ।

पाइला रेष्टुरेन्ट लाइभ म्यूजिकसहितको अर्को रेष्टुरेन्ट बन्नेछ । सञ्चालकमध्येका माझीका अनुसार भेडेटारमा जाडोमा खासै होटल चल्दैनन् । गर्मीमा त्यहाँ गुलजार हुन्छन् । सिजन बेस चलाउने उद्देश्यले एउटा विराटनगरमा र अर्को भेडेटारलाई रोज्नु परेको हो । विराटनगर होटल चल्ने ठाउँमा पर्दछ, तर त्यहाँलाई सञ्चालन र व्यवस्थापनको नयाँ अनुभव जरुरी छ, माझीले भने–अहिले एयरपोर्ट रोडको तृष्णा होस् वा अगाडीको फिलगुड सेवाग्राहीका लागि नयाँपन प्रस्तुत गर्नेमा पर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्