विराटनगर कञ्चनबारीमा खुल्यो साथी मार्टको ११३ औं स्टोर

विराटनगर कञ्चनबारीमा खुल्यो साथी मार्टको ११३ औं स्टोर

विराटनगर । विराटनगर–३ कन्चनबारीमा साथी मार्टको ११३ औं फ्रेन्चआईज स्टोर खुलेको छ । खाद्यन्न, कस्मेटिक, पेय पदार्थसहित घरायसी प्रयोजनका सामाग्री एकै स्थानमा बिक्री गर्ने उद्देश्यले मार्ट सञ्चालनमा ल्याइएको हो ।

विराटनगरका युवा व्यवसायी नविन गिरी (बलराम) ले ६० लाख लगानीमा सञ्चालनमा ल्याएको मार्टको १०५ वर्षीय कृतिराज गिरिले समुद्घाटन गर्नुभएको थियो । नविनले आफ्ना हजुरबुबामार्फत मार्टको समुद्घाटन गराउनु भएको छ ।

समुद्घाटन कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य विनोद ढकाल, केन्द्रीय सदस्य तथा प्रदेश १ का पूर्व सामाजिक विकास मन्त्री जीवन घिमिरे, प्याब्सनका निवर्तमान अध्यक्ष टिकाराम पुरी, विराटनगर महानगरका पूर्व मेयर भीम पराजुली, युवा नेता पर्शुराम बस्नेत, सागर थापालगायतका नेताहरुको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्