विराटनगर । पुर्वको मकालु टेलिभिजनबाट सानै उमेरमा आफ्नो मिडियाको यात्रा सुरू गरेकी रिता कट्टेलले हिमालय टेलिभिजन हुदै सय भन्दा बढि स्टेज कार्यक्रम संचालन गर्नुका साथै विभिन्न ब्राणडको फेस अफ दि ब्राणड बनिसकेकी छिन, कला छ्यत्रमा आफुलाई अब्बल साबित गरीसकेकी कट्टेलले अब भने उद्यमशिल्ताको यात्रामा पनी पाइला चलेकी छिन् ।
काठमाडौंको बानेश्वरमा रहेको आइप्लेक्स मलको दोस्रो तलामा रिट स्किन बुटिक प्रा.लि.को आधिकारिक स्टोर संचालनमा आएको छ । स्टोरको गत (आइतबार) कलाकार दिपाश्री निरौला र स्टोरका संचालक रीता कट्टेलकी माता गायत्री कट्टेलले उद्घाटन गरेका हुन् ।
नेपालमा अन्तराष्ट्रियस्तरको कस्मेटिक आउटलेट, उत्कृष्ट ब्राणडीगंसहित संचालनमा आएको हो ।आउटलेटमा अन्तराष्ट्रियस्तरका प्रख्यात स्किन केयरका ब्राण्ड सेटाफिल, मेडिक्स, द अडिनरी , सेराभी, क्लिनिक, तथा मेकअप ब्राण्डमा मिलानी, मेविलिन, मिसटिन, एल ए गर्ल, लोरीयल, ह्वेट एन्ड हवाइल्ड , मोर्फे, एनेसटेसिया मेकअप टुल्सस, हेयर केयर, फ्रेगरेन्समा भिक्टोरीया सेकरेट लगायत चर्चित कस्मेटिक ब्राण्डहरु उपलब्ध रहेको कम्पनीकी सीइओ रीता कट्टेलले जानकारी दिइन्।
नेपालकै ठुलो रिटेल चेन साथीमार्टसँग पनि सहकार्य गर्दै स्टोरले निकट भविष्यमा आफ्नै ब्राण्डमा सामान उत्पादन गर्ने, फ्रेन्चाइज प्रदान गर्ने तथा साथीमार्टका विभिन्न आउटलेटबाट २० भन्दा बढी प्रमुख शहरमार्फत बिक्री वितरण गर्ने लक्ष्य लिएको उनले जानकारी दिइन् ।
साथीमार्टसँगको सहकार्यमा निकट भविष्यमा नेपालका प्रमुख सहरहरुमा आउटलेट तथा सेवाहरु प्रदान गरिने साथीमार्टका सिइओ सागर पोखरेलले बताए । उद्योग वाणिज्य महासंघका कार्यकारी सदस्य अरुण सुमार्गीले स्टोरको सुरुवातसँगै नेपालमा कष्मेटिक मार्केटमा थप नयाँपनको सुरुवात भएको बताए ।
आउटलेटमा ७ दिनसम्म फ्ल्याटमा १० प्रतिशत छुट दिइने कम्पनीका संचालनक कट्टेलले बताइन् । उद्घाटन कार्यक्रममा मकालु टेलिभिजनका सिइओ दिवस सुवेदी, मिडीया प्रसनालीटी अन्जना कट्टेल सुवेदी कोरियोग्राफर जयन सुब्बा मानन्धर, श्वयत्ना योञ्जन लगायतको सहभागिता रहेको थियो ।