फोहोर र दुर्गन्धमय छन् विराटनगरका डेरी उद्योग

फोहोर र दुर्गन्धमय छन् विराटनगरका डेरी उद्योग

विराटनगर । विराटनगर–४ मा रहेको शिवम् डेरी उद्योगको आइतबार महानगरपालिकाले अनुगमन गरेको थियो । त्यस क्रममा डेरी उद्योग परिसरमा धेरै कैफियत फेला परे ।

कैफियत मात्रै हैन शिवम् डेरीले बिक्री गर्न तयार पारेको ६० केजी दहीमा किरा समेत भेटियो । प्लाष्टिकका भाँडा प्रयोग गर्ने, प्रयोगशालामा उत्पादित पदार्थको विश्लेषण रेकर्ड नम्बर नभएको, कोल्ड रुपमा तरकारी राखिएको, एसीबाट पानी लिकेज हुँदा कोडा हिलाम्य, ३६ प्याकेज दहीमा उत्पादन मिति समेत नभएको फेला परेको थियो ।

महानगरको टोलिले किरा भेटिएको ६० केजी र मिति उल्लेख नभएको ३६ प्याकेज दही नष्ट गरेको थियो । त्यस बाहेक डेरी उद्योगलाई थप कारवाही अगाडी बढाउने भएको छ । महानगर उपमेयर शिल्पा निराला कार्कीको सचिवालयले चाडपर्व मात्रै नभई अन्य समयमा समेत खाद्यन्न तथा खाद्यवस्तु उत्पादनमा कमजोरी देखिए तत्काल सम्पर्क गर्न अनुरोध गरेको छ । त्यसका लागि महानगरपालिकाको टोल फ्रि नम्बर १६६०२१४२२२२ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

यस अगाडी जीवन विकास डेरी प्रोडक्टस् उद्योग परिसर दुर्गन्ध, फोहोर र झिंगायुक्त फेला परेको थियो । विराटनगर–१ मा रहेको डेरी उद्योगका उत्पादन उपभोक्ताको स्वास्थ्य हित विपरित देखिएको थियो ।

डेरी उद्योगहरुको लापर्वाहीले उपभोक्ताले फोहोर र अस्वस्थ्यकर वस्तुको प्रयोग गर्न सक्ने देखिएको छ । किरा, झिंगा जस्ता वस्तु अनुगमनका क्रममा फेला पर्नु उपभोक्तालाई प्राथमिकता दिएर भन्दा नाफामुखी हुने गरेको देखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्