विराटनगरमा जारी स्व. बन्टी भुजेल भेट्रान फुटबल प्रतियोगिता : इटहरी र विराटनगर विजयी

विराटनगरमा जारी स्व. बन्टी भुजेल भेट्रान फुटबल प्रतियोगिता : इटहरी र विराटनगर विजयी

विराटनगर । विराटनगरमा जारी ‘बन्टी भुजेज स्मृति रनिङ शिल्ड भेट्रान फुटबल’ प्रतियोगितामा सुनसरी इटहरीको जनता भेट्रान क्बल र विराटनगरको विन्दावासिनी भेट्रान क्बल विजयी भएका छन् ।

सोमबार भएको पहिलो खेलमा इटहरीको जनता भेट्रान क्बलले विराटनगरको युनाइटेड भेट्रान क्बललाई २-१ गोलमा हराउँदै क्वाटर फाइनलमा पुगेको छ । युनाइटेडले पाहुना टोली इटहरीलाई अधिकांश समय दबाबमा राख्दै खेले पनि गोल संख्या बढाउन नसक्दा जित सुम्पनु पर्‍यो । इटहरीले पाएको अवसरलाई सदुपयोग गर्दै गोल गरे भने विराटनगरले पाएका धेरै अवसर चुकाउँदा हार्नु पर्‍यो ।

खेलको १४ औं मिनेटमा इटहरीका निरबहादुर आलेले बक्स लाइनमा पाएको बललाई सिधा जाली चुमाए । २९ औं मिनेटमा पुनः आलले दोस्रो गोल गर्दै टोलीका लागि गोल संख्या दोब्बर पारे । उनले वान भर्रेस वानमा गोल गरे ।

विराटनगरका लागि एक मात्र सन्तवना गोल ३६ औं मिनेटमा महेन्द्र खवासले गरे । बक्स लाइनमै पाएको फउलमा गरेको प्रहारमा इटहरीका गोलरक्षकले बचाउको कुनै मौका पाएनन् । खेलको म्यान अफ द म्याच इटहरीका निरबहादुर आले भए ।
त्यसैगरी, दोस्रो खेलमा विराटनगरको विन्दवासिनी भेट्रान क्लबले पाहुना टोली झापाको विर्तामोड भेट्रान क्लबलाई टाइब्रेकरमा ४-२ गाोल अन्तरमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरको छ ।

खेलको निर्धारित समयमा दुवै टोली गोल रहित बराबरी खेलेपछि खेलको निणर्य टाइब्रेकरबाट भएको हो । विन्दावासिनीका कृष्ण शाक्य, प्रेम घिमिरे, विनोद धिमाल र दीलिपकुमार क्षेत्रीले गोल गरे । विर्तामोडका मोहन लिम्बू र झलकसिंह राजवंशीले गोल गरे भने केशवराज दाहाल र लक्ष्मी लिम्बूले गोल गर्न चुके ।

खेलको म्यान अफ द म्याच विन्दावासिनीका गोलरक्षक दीलिपकुमार क्षेत्री भए । उनलाई एन्फाका पूर्व उपाध्यक्ष सन्तोष बानियाँले पुरस्कार प्रदान गरे । असोज १५ गतेसम्म सहिद रंगशालामा हुने प्रतियोगितामा झापा, मोरङ, सुनसरी र सिराहाका १० वटा क्लबको सहभागिता रहेको छ । टिमुरले मुख्य प्रायोजन गरेको प्रतियोगितामा झापा दमकको दमक-लखनपुर भेट्रान क्लब, विर्तामोड भेट्रान क्लब, सुनसरी इटहरीको जनता भेट्रान क्लब, धरानको हाम्रो धरान भेट्रान क्लब, सिराहाको लहान भेट्रान क्लब, मोरङ विराटनगरको मर्निङ भेट्रान क्बल, एभरेष्ट भेट्रान क्बल, विन्दवासिनी भेट्रान क्लब, युनाइटेड भेट्रान क्बल र आयोजक टिमको सहभागिता रहेको छ ।

सिएमजी स्वास्थ्य क्लब, विराट बुद्ध स्पोर्टिङ क्बल र पेमा युवा क्लबले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगिताको विजेताले १ लाख २५ हजार रुपैयाँ र उपविजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । म्यान अफ द म्याच, म्यान अफ द सिरिजलगायतका व्यक्तिगत पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिताअन्तर्गत मंगलबारको पहिलो खेल धरानको धरानको हाम्रो धरान भेट्रान क्बल र सिराहाको लहान भेट्रान क्बल तथा दोस्रो खेल इटहरीको जनता भेट्रान क्बल र आयोजकबीच हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्