विराटनगरमा रहेको बेबी आईस क्रिममा सीसाको टुक्रा

विराटनगरमा रहेको बेबी आईस क्रिममा सीसाको टुक्रा

विराटनगर । विराटनगर–६ स्थित बेबी आईस क्रिम उद्योगले उत्पादन गरेर बजारमा बिक्रीका लागि पठाएको आईस क्रिममा सीसाको टुक्रा फेला परेको छ । उपभोक्ताले खरिद गरेर खानेक्रममा मंगलबार आईस क्रिममा सीसाको टुक्रा फेला परेको हो ।

विराटनगर–३ स्थित आईस केक तथा आईस क्रिम पसलमा खरिद गरेर त्यहिं खाईरहेको बेला दाँतले साह्रो वस्तु टोकिएपछि निकालेर हेर्दा उक्त टुक्रा सीसा रहेको पाइएको थियो ।

बेबी आईस क्रिमका सञ्चालक दिवाकर यादवले उद्योगको उत्पादनमा गम्भीर त्रुटी देखिएको स्वीकार गरे । उनले स्थापनाको ४० वर्षपछि आईस क्रिमको बट्टा भित्रै सीसा भेटिएपछि त्यो लटमा उत्पादन भई बिक्रीका लागि बजार पठाइएको सबै आईस क्रिम फिर्ता लिने काम भईरहेको दावी गरे ।

थोरै लगानीबाट आईस क्रिम उत्पादन सुरु गरेको थिएँ, अहिले लगानी बढ्दै गएको छ, सञ्चालक यादवले भने–यतिका वर्षपछि अहिले सीसा भेटिएपछि थप सुधारको योजना बनाउँदैछु । उनले आफ्नो उद्योगको गम्भीर कमजोरीलाई सच्याउने प्रतिवद्धता जाहेर गरेका छन् ।

उपभोक्ताले खाईरहेको प्याकेटमा सीसाको टुक्रा भेटिएपछि त्यहाँ केहिबेर होहल्ला समेत भएको थियो । तर, खरिद गरिएको पसलले उत्पादकलाई जानकारी गराएपछि बाँकी आईस क्रिम फिर्ता लाने प्रतिवद्धता जाहेर भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्