विराटनगरका नवलप्रसाद उपाध्यायको स्काउटको राष्ट्रिय प्रशिक्षकमा पदोन्नति

विराटनगरका नवलप्रसाद उपाध्यायको स्काउटको राष्ट्रिय प्रशिक्षकमा पदोन्नति

विराटनगर । विराटनगर- ५ निवासी श्री नवलप्रसाद उपाध्याय नेपाल स्काउटको राष्ट्रिय प्रशिक्षकमा पदोन्नति भएको छ ।

नेपाल स्काउटको प्रधान कार्यालय लैनचौरले आज प्रकाशीत गरेको नतिजामा उपाध्याय उतिर्ण हुँद राष्ट्रिय प्रशिक्षक बन्नु भएको हो । उपाध्याय विद्यालय जीवनदेखि नै स्काउटमा सकृय रुपमा लाग्दै आउनुभएको हो । स्काउटको आधारभूत तालिम लिएर विद्यालय तथा कृयूहरुमा युवा तथा बालबालिकालाई स्काउट सिकाउन थाल्नु भएका उपाध्यायले २०७२ सालमा झापाको, चन्द्रगडी वुडवायज तालिम लिनुभएको थियो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्काउटका गतिविधिमा सम्लग्न हुँदै आउनुभएका उपाध्यायले स्काउटका विभिन्न जिम्मेवारी कुशलता पुर्वक सम्पन्न गरिसक्नु भएको छ । उहाँले यसअघि सहायक राष्ट्रिय प्रशिक्षकको जिम्मेवारीमा रहेर धेरै वटा तालीमको मुख्य प्रशिक्षकको भूमिका निर्वाह गरिसक्नु भएको छ ।

नेपाल स्काउटले निर्धारण गरेको मापदण्डअनुसार राष्ट्रिय प्रशिक्षकमा सफल हुनुभएका उपाध्याय विश्व स्काउट अन्तरगत एसिया प्यासिफिक क्षेत्रको विविधता र समाबेशीकरण उपसमितिका सदस्यको जिम्मेवारी पनि सम्हादै आउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्