विराटनगर इन्टरनेसनल कलेजका बिद्यार्थीको निम्ति रोजगारी मेला आयोजना हुदै

<span class='c1'>विराटनगर इन्टरनेसनल कलेजका बिद्यार्थीको निम्ति</span> <span class='c2'>रोजगारी मेला आयोजना हुदै</span>

विराटनगर । बिद्यार्थीहरुले आफ्नो पढाइ पश्च्यात आफ्नो क्षमता अनुसारको रोजगारी नपाएको नेपाली परिवेशमा विराटनगरमा देश भर बाटै बिभिन्न बिजनेस हाउसको उपस्तिथीमा रोजगारी मेला आयोजना हुने भएको छ ।

बेलायतको युनिभर्सिटी अफ वल्भरह्यामटनको साझेदारीमा संचालित विराटनगर इन्टरनेसनल कलेजले आफ्ना बिद्यार्थीको लागि उक्त रोजगारी मेला आयोजना गर्न लागेको हो । कलेजमा असोज २९ गते उक्त रोजगारी मेला आयोजना हुन लागेको हो । कलेजबाट ग्राजुएट भएका बिद्यार्थी साथै फाइनल बर्षका बिद्यार्थीहरुको लागि  कलेजले उक्त रोजगारी मेलाको आयोजना गरेको कलेजका अपरेसन प्रमुख बिबेक दाहालले जानकारी दिए ।

कलेज परिसरमा आयोजना हुने उक्त कार्यक्रममा २० बढी कम्पनीहरुको उपस्तिथी हुने कलेजले जनाएको छ ।  कलेजले उद्योग संगठन मोरङसंग पनि उक्त रोजगारी मेलाको लागि साझेदारी गरेको छ ।

एकातिर रोजगारीको खोजिमा रहेका जनशक्ति र अर्कातर्फ रोजगारदाताले कम्पनीले आवश्यकताअनुसार कर्मचारी पाउन नसकिरहेको बेला आयोजना हुने मेलाले पुलको काम गर्ने अपेक्षा गरिएको कलेजका प्रमुख कार्यकारी ऋषिकेश वाग्लेले बताए  ।

साथै कार्यक्रममा रोजगारदाताको आवश्यकता, सीपयुक्त कर्मचारीको मागको परिपूर्ती कसरी गर्न सकिन्छ भन्ने विषयमा बृहत् छलफल समेत हुने वाग्लेले बताए ।

इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा संचालित यस कलेजमा बेलायतको इन्टरनेसनल बिजनेस म्यानेजमेन्ट र इन्टरनेसनल हस्पिटालिटी म्यानेजमेन्ट डिग्री सर्वशुलभ शुल्कमा अन्तरास्ट्रियस्तरमा नै पढाइ हुदै आएको छ । इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा बिराटनगर इन्टरनेसनल कलेज ,  इस्लिंग्टन कलेज काठमाडौं , हेराल्ड कलेज काठमाडौं .  इटहरी इन्टरनेसनल कलेज र इन्फोम्याटिक्स कलेज पोखरा संचालनमा रहेका छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्