विराटनगरमा ‘म्यूजिकल फेष्टिभल–२०७९’ हुने

विराटनगरमा ‘म्यूजिकल फेष्टिभल–२०७९’ हुने

विराटनगर । विराटनगरमा ‘म्यूजिकल फेष्टिभल–२०७९’ हुने भएको छ ।

लाईभ ईन्टरटेडमेन्ट विराटनगरले कोरोना भाइरसको कारणले गर्दा २ वर्षदेखि हुन नसकेको म्यूजिकल फेष्टिभल यसपटक गर्न लागेको हो ।

यसपटको ६ औं संस्करणको फेष्टिभल असोज २९ गते शनिबारलाई तय गरिएको छ । विराटनगर जैन भवनमा हुन लागेको कार्यक्रममा एक सय रुपैँयाको टिकक व्यवस्था गरिएको कार्यक्रम संंयोजक सन्तोष महत (सेन्ट्रो) जानकारी दिए ।

कार्यक्रममा गायीका अस्मिता अधिकारी र मन्त्र व्याण्ड(दार्जिलिङ) मुख्य कलाकार रहने जनाईएको छ । त्यसैगरी विराटनगरका विभिन्न व्याण्ड, विभिन्न डान्स क्लबको प्रस्तुती साथै विराटनगरका ख्याति प्राप्त संगितकर्मीहरुको समेत प्रस्तुति रहने आयोजकले जनाएको छ ।

विराटनगर म्युजिक फेष्टिभल २०७९ को अनलाईन मिडिया पार्टनरको रुपमा आवर विराटनगर रहेको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्