विराटनगरमा माछा–मासु पसलका फ्रिज भित्रै दुर्गन्ध

विराटनगरमा माछा–मासु पसलका फ्रिज भित्रै दुर्गन्ध

विराटनगर । विराटनगरमा फ्रिजमै माछा–मासु कुहिने गरि राख्ने गरिएको पाइएको छ ।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले बिहीबार बिहान गरेको अनुगमनका क्रममा पाँच महिनादेखि फ्रिजिङ्ग गरिएको माछा बरामद गरिएको हो ।
अनुगमन टोलिले गुद्री,, सरोचिया, बरगाछी, तीनपैनी, देवकोटा चौक, हाटखोलामा रहेका ढेड दर्जन पसलको अनुगमन गरेको थियो । त्यस क्रममा खसी भन्दै बाख्राको, गन्नाएको मासु, खसी हो की बाख्रा चिन्न नसक्ने मासु फेला पारेको थियो ।

अनुगमनका क्रममा बिराटनगर–८ मा रहेको बिराट एकृकित कृषि फर्ममा ६ महिनादेखि फ्रिजमा सडेको माछा १९ केजी बरामद गरिएको थियो । माछा कहाँबाट ल्याएको भन्ने कुनै कागजात समेत फेला नपारिएको थियो । सडेको माछालाई नष्ट गरि उक्त फर्मलाई कारवाही बढाइएको छ ।

यसैगरी नवि मिट सेन्टरमा बिक्रीमा राखिएको दुर्गन्धित मासु खसी की बाख्रा चिन्न नसकिने मासु समेत बरामद गरिएको थियो । महानगरपालिकाका उपमेयर शिल्पा निराला कार्कीले कसैले गलत काम गरेको देखेमा महानगरपालिकाको टोल फ्री न १६६०२१४२२२२ मा जानकारी गराउन अनुरोध गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्