विराटनगरमा मंसिर २९ गतेदेखि पुस ६ सम्म विराट एक्स्पो आयोजना

विराटनगरमा मंसिर २९ गतेदेखि पुस ६ सम्म विराट एक्स्पो आयोजना

विराटनगर । कृषि, पर्यटन, उद्योग र व्यापारको एकिकृत प्रवद्र्धनका लागि विराटनगरमा आगामी मंसिर २९ गतेदेखि पुस ६ गतेसम्म अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजना गरिने भएको छ । उद्योग संगठन मोरङले सातौं संस्करणको विराट एक्स्पो आयोजना गर्ने भएको हो ।

विराटनगर–१४ स्नातककोत्तर क्याम्पसको प्राङ्गणमा रहेको पुरानो हवाई फिल्डलाई यस पटक बिराट एक्स्पो आयोजनास्थल बनाई भएको छ । उद्योग संगठन मोरङका उपाध्यक्ष एवं विराट एक्स्पो–२०७९ का संयोजक भोलेश्वर दुलालका अनुसार स्थानीय अर्थतन्त्र चलायमान बनाउन प्रदर्शनी आयोजना गरिने भएको हो । यस अगाडी माघ २६ गतेदेखि फागुन ३ गतेसम्मलाई तय गरिएको मिति परिमार्जित गर्दै अगाडी सारिएको संयोजक दुलालले जानकारी दिनुभयो ।

एक्स्पो बारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले कृषि, कृषि उद्यम, उद्योग, पर्यटन लगायतका क्षेत्रको विकासमा योगदान र उत्पादकत्व, उपभोक्ता र मूल्य श्रृंखलाको परिधि भित्र पर्ने सेवा प्रदायकहरुलाई एकै स्थानमा जम्मा गरिने छ । कृषि तथा प्रविधि, औद्योगिक मिलमेशीनरी, पत्यक्ष उत्पादनको पद्दत् िकृषि तथा औद्योगिक क्षेत्रका विषयगत मुद्दाहरुमा नीतिगत छलफल समेत गरिने भएको छ । उद्योगीबीच अनुभवन आदान प्रदान, स्टार्टअप कर्नर, पर्यटकीय गन्तव्यको जानकारी तथा दैनिक प्याकेज टुर, स्थानीय खानाको परिकार व्यवसायीकरणको संभावनाको खोजी एक्स्पोबाट गरिने अध्यक्ष प्याकुरेलले जानकारी दिनुभयो ।

प्रदर्शनीमा ४१५ स्टल राखिने भएको छ । नेपाल बाहेक भारत र बंगलादेश, भूटान, पाकिस्तान, थाइलैण्ड, चीनका उद्योगका उत्पादक, वितरक तथा बजार प्रवद्र्धकको समेत स्थलहरु रहने छन् । तीन लाखले अवलोकन गर्ने अनुमान गरिएको प्रदर्शनीमा ५० करोडको कारोबार हुने दावी छ । आयोजनाका लागि २ करोड ५० लाख लागत लाग्ने जानकारी दिइएको छ ।

प्रदर्शनीका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, प्रदेश १ सरकार, उद्योग श्रम तथा रोजगार मन्त्रालय, विराटनगर महानगरपालिका, नेपाल पर्यटन बोर्ड, नेपाल उद्योग वाणिज्य महासंघ केन्द्र र प्रदेश, स्विस क्नट्याक्ट एवं नेपाल कृषि बजार विकास सहज परियोजना प्रवद्र्धक रहने अध्यक्ष प्याकुरेलले जानकारी दिनुभयो । मोरङ व्यापार संघ र विराटनगर व्यापार संघ सहयोगी रहने छन् । मेलालाई थप आकर्षक बनाउन राष्ट्रिय कलाकारहरुको उपस्थित गरँउर मनोरन्जनात्मक बनाउने योजना राखिएको छ ।

मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले समान उद्देश्य रहेका संस्थाबीच सहकार्य गरेर बढीभन्दा बढी एक्स्पो आयोजना गर्न जरुरी रहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्