सोम्स् कलेजमा शुभकामना आदनप्रदान

सोम्स् कलेजमा शुभकामना आदनप्रदान

विराटनगर । विराटनगर ९ मा अवस्थित बिबिएस र एसिसिए मात्र अध्यायन गराउने सोम्स् कलेजले आज दशै विशेष कार्यक्रमको आयोजना गरेको छ ।

विधार्थीहरुलाई विजया दशमी २०७९ को टिका लगाई आशिर्वाद दिदै शुभकामना आदनप्रदान गर्नुको साथै सांस्कृतीक कार्यक्रमको पनि आयोजना गरिएको थियो ।

बिधार्थीहरुलाई पढाई संगसगै व्यवहारीक तथा जीवनपयोगी शिक्षा उपलब्ध गराउदै आएको यस कलेज शैक्षिक क्षेत्रमा आफ्नो छुटटै पहिचान वनाउन सफल रहेको छ ।

हामीले आजसम्म अरु कलेजमा यस प्रकारको कार्यक्रम देख्न नपाएको कुरा स्नातक चौथो बर्षमा अध्ययनरत छात्र सुरज मंण्डल बताए । आधुनिकताको नाममा हाम्रो धर्म संस्कृतीलाई बिर्सन बाध्य हुदै गरेका आजका युवायुवतीहरु माझ धर्म र संस्कृतीको महत्वलाई झल्काउन यस्तो खालका विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आएको र समाज परिवर्तनको एउटा ठुलो आधार मानिने शैक्षिक क्षेत्रले यस्ता खालका कार्यक्रमहरुलाई सधै भरि निरन्तरता दिनु पर्ने संचालक रोशन घिमिरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्