विराटनगर–१७ को कब्रस्तान आसपास सरसफाई

विराटनगर–१७ को कब्रस्तान आसपास सरसफाई

विराटनगर । नेपाल मुस्लिम ईत्तेहाद संगठनले सरसफाई गरेको छ । संगठनको विराटनगर–१७ वडा कमिटिका अध्यक्ष ईरफान अंसारीको अध्यक्षतामा मटेरुवाको कब्रस्तानमा सरसफाई गरिएको हो ।

‘हाम्रो समाज, हाम्रो दायित्व’ मूल नाराका साथ सरसफाई आयोजना गरिएको थियो । सरसफाईमा स्थानीय युवाहरु, नेकपा एमाले महानगर अध्यक्ष सागर थापा, मुस्लिम ईत्तेहाद संगठनका प्रदेश सचिव निजाम शेख, मुस्लिम ईत्तेहाद संगठनका महानगर अध्यक्ष हमिद आजाद, संगठनका जिल्ला सचिव मो. गुलजार, १४ नं का वडा अध्यक्ष सूर्यनारायण महतो लगायतको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्