विराटनगरमा जारी ‘बन्टी भुजेल स्मृति रनिङ शिल्ड भेट्रान फुटबल’ प्रतियोगिता : दमक उपाधि नजिक

विराटनगरमा जारी ‘बन्टी भुजेल स्मृति रनिङ शिल्ड भेट्रान फुटबल’ प्रतियोगिता : दमक उपाधि नजिक

विराटनगर । विराटनगरमा जारी ‘बन्टी भुजेल स्मृति रनिङ शिल्ड भेट्रान फुटबल’ प्रतियोगितामा झापा दमकको दमक-लखनपुर भेट्रान क्लब विजयी हुँदै फाइनलमा पुगेको छ ।

सेमिफाइनल र फाइनलका खेलहरु आयोजकले रात्रीकालीन खेल सुरु गरेको हो । प्रतियोगिताअन्तर्गत बिहीकार भएको रात्रीकालीन खेलमा दमकले विराटनगरको विन्ध्यवासिनी भेट्रान क्लबलाई ३-१ गोलअन्तरमा पराजित गर्दै फाइनलमा पुगेको छ । यसै साता (सोमबार) विराटनगरको रानीमा भएको मिल्स भेट्रान गोल्डकपसमेत दमकले जितेको थियो ।

खेलको ८ औं मिनेटमा दीपेन गिरीले गोल गर्दै टोलीलाई अग्रता दिलाए । विराटनगरका खेलाडीले गोलरक्षकलाई दिएको ब्याक पासमा दीपेनले डिबक्स अगाडिको लाइनबाट खोसेर सिधा प्रहार गर्दै गोल गरेका थिए । १७ औं मिनेटमा पाएको क्रस पासलाई सदुपयोग गर्दै उत्कृष्ट हेडिङमार्फत टोलीको गोल संख्या दोब्बर बनाए । निर्धारित ७० मिनेटको खेलमा विराटनगरका कृष्ण शाक्यले गोल गर्दै गोल संख्या कम गरेका थिए । खेलको इन्जुरी समयको अन्तिम १ मिनेट बाँकी छँदा पुनः दमकका सुवास आङुथुपोले गोल थप्दै जित सुनिश्चित पारे ।
खेलको म्यान अफ द म्याच दीपन गिरी भए ।

विजेता वा उपविजेतामध्ये एक भएको अवस्थामा पाएको पुरस्कार राशिको १० प्रतिशत रकम बन्टी भुजेलको परिवारलाई सहयोग गर्ने दमकले घोषणा गरेको छ । कार्यक्रममा प्रमुख अतिथि प्रदेश १ का पूर्व सामाजिक विकासमन्त्री जीवन घिमिरेले खेल र खेलाडीका साथै उनीहरु चाहिने पूर्वधारको विकासमा लागि आफू सधैँ लागी परिरहेको बताए । उनले नेकपा एमाले सधैँ खेलकुदको विकास गर्न र खेलाडीको कसरी जीवनयापन सहज हुन्छ भनेर योजनाका साथ अघि बढ्दै गएको छ । ‘आफू सरकारमा रहँदा वा नरहँदा पनि सधैँ सबै खेल र खेलाडीको विकासका लागि लाग्ने छु,’ घिमिरेले भने, ‘म मन्त्री हुँदा यहाँका खेलकुदसँग आवद्ध संघसंस्थाका साथै व्यक्तिहरु आएर रंगशालालाई केही नयाँ बनाउँ भनेर योजना लिएर आउनु भएको थियो । त्यसमध्ये एउटा महत्वपूणर् कुरा रात्रीकालीन खेल गर्न सम्भव छ । त्यसका लागि फ्लड लाइट जडान गर्नुपर्छ भनेपछि मलाई योजना राम्रो लागेर बजेट तुरुन्तै काम गर्‍यौं ।’

सिएमजी स्वास्थ्य क्लब, विराट बुद्ध र पेमा युवा क्बलले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगिताअन्तर्गत शुक्रबारको राति सेमिफाइनल खेल आयोजक र धरानको हाम्रो भेट्रान क्बलबीच हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्