मुटु स्वस्थ राख्न विराटनगरमा न्यूरोको सचेतना कार्यक्रम

मुटु स्वस्थ राख्न विराटनगरमा न्यूरोको सचेतना कार्यक्रम

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व मुटु दिवसको अवसर पारेर सचेतना मूलक कार्यक्रम आयोजना गरेको छ । प्रत्येकवर्ष सचेतना मूलक कार्यक्रम आयोजना गरी मुटु दिवस मनाउने गरेको न्यूरोले बिहिबार विराटनगरमा ग्रुप कार्डियाक वर्क आउट गरेको हो ।

बिहिबार विहान लर्ड बुद्ध कलेज विराटनगरमा आयोजित ग्रुप कार्डियाक वर्क आउटलाई द व्ययामशाला, इटहरीले समन्वय गरेको थियो । ग्रुप कार्डियाक वर्क आउटमा नेपाल युवा उद्योगी मन्च विराटनगर, न्यूरो हेल्थ कलेज, लर्डबुद्ध कलेज, न्यूरो अस्पतालका वरिष्ठ चिकित्सक र स्वास्थ्यकर्मीहरू तथा सर्वसाधारणको सहभागीता रहेको थियो ।

ग्रुप कार्डियाक वर्क आउटपछि आयोजित कार्यक्रममा बोल्दै विराटनगरस्थित न्यूरो हस्पिटलको कल्सल्टेन्ट इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. निकेशराज श्रेष्ठले शरीरको सबैभन्दा महत्वपुर्ण अंग मुटु रहेकोले यसलाई स्वस्थ राख्नखान पनि र शारिरक व्ययाममा ध्यान दिनुपर्नेमा सुझाब दिए । ‘मुटुलाई स्वस्थ्य राख्न सके सुखमय भएर जीवन समृद्ध हुन्छ । सबैजनाले आफ्नो मुटु स्वस्थ राख्दै आफू स्वस्थ्य बनौं । “प्रत्येक मुटुको लागी मुटुप्रयोग गर्ने प्रतिज्ञा गरौ,’कार्यक्रममा बोल्दै उनले भने, ‘आफ्नो शरीरमा कुनै समस्या आएको देखिए समयमै राम्रो अस्पताल छनौट गरी चिकित्सकसँग परामर्श गरेर उपचार गरौं । रोग बढ्न दिनहुँदैन । समयमै रोकथाम गरौं र मुटुलाई पनि स्वस्थ राखौं ।’त्यसैले मुटुलाई स्वास्थ्य राख्नको लागि नियमित व्यायम र चेकजाँच र खानपिनमा परिवर्तन आवश्यक रहेको उनले बताए । ‘मासुजन्य,तारेको, भुटेको ,कार्बोहाईड्रेड धेरै भएको खानेकुराहरु कमखाने, व्यायाममा जोड दिने । यस्ता कुरालाई ध्यानदिनुभयो भने मुटुमा लाग्ने धेरै रोगबाट बच्न सकिन्छ,’ डा. श्रेष्ठले भने ।
उक्त अवसरमा न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलका कार्यकारी निर्देशक श्रीमतीअनिशा विष्ट, अपरेशनल डाइरेक्टर श्री राजेश भट्टराई , मेडिकल डाइरेक्टरडा. शैलजा क्षेत्री श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

मुटु दिवशको अवसरमा सप्ताहव्यापी कार्यक्रम

मुटु दिवस२०२२ न्यूरो हस्पिटलले सप्ताहव्यापी कार्यक्रम गरि मनाएको छ । असोज ९ गते आइतबार , नेपालयुवाउधमीमन्च, बिराटनगर तथा तेरापंथमहिला मंडलसँगको सहकार्यमा विराटनगर स्थित जैन भवनमा नि:शल्क मुटु जाँचतथा परामर्श गरेको थियो । त्यसैगरि असोज ९ गते देखि १४ गते सम्म अस्पतालमा मुटु सम्बन्धी नि:शुल्क ओपिडी सेवा तथा जाँचमा २५ प्रतिशत छुट दिएको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्