मिस कोशीको फाइनल शनिबार हुने

<span class='c1'>मिस कोशीको फाइनल</span> <span class='c2'>शनिबार हुने</span>

विराटनगर । सातौँ संस्करणको मिस कोशी प्रतियोगिताको फाइनलमा शनिबार साझबाट सुरू हुने भएको छ ।

सुनसरीको इटहरीस्थित लायन्स क्लबको भवनमा साझ साढे पाँच बजेबाट प्रतियोगिता सुरू हुने भएको हो । मिस कोशीको फाइनलमा २६ जना प्रतियोगिहरू प्रतिस्पर्धामा रहेका छन् ।

फाइनलमा ओखलढुङ्गाकी सम्झना बस्नेत, सोनिया राई, धनकुटाकी नुमाफुङ लिम्बु, मुना लिम्बु , अपसनी राई, लेटाङकी शिला गहतराज, स्मृति लामा (तामाङ), सिरहाकी ऐश्वर्या कुमारी सिंह, महोत्तरीकी सानी खातुन (नेहा), विराटनगरकी बबिता राय, निरिछा मण्डल, इनरुवाकी श्रुति कुमारी उराव रहेकी छिन् । यस्तै खोटाङकी चाँदनी राई, भोजपुरकी सपना राई, धरानकी गीता लिम्बु, निरुता राई, तृप्ता राई, ईशु मगर, तेह्रथुमकी विनीता लिम्बु (हाङमा), सुनसरी राम धुनीकी भावना राई, सुन्दरहरैचाकी सफायर राई, भोजपुरकी समीक्षा श्रेष्ठ, इटहरीकी प्रतिभा थापा (एलिना), दिया घिमिरे, दुहबीकी सिर्जना लुइँटेल, र सप्तरीकी दिब्यानी चौधरी प्रतिस्पर्धी रहेकी छिन् । उनीहरू मध्ये एक जनाले मिस कोशीको ताज पहिरिनेछन् ।

फाइनलमा पुगेका प्रतियोगिहरूले यसअघि फोटोसुट, ट्यालेन्ड शो गरिसकेको जय मिडिया म्यानेजमेन्ट प्रालिको सिइओ निशा खतिवडाले जानकारी दिइन् । फाइनलमा छनौट भएका किशोरीहरूले बन्द प्रशिक्षणमा विभिन्न क्षेत्रका विज्ञहरूबाट प्रशिक्षण पनि लिएका छन् ।

जय मिडिया म्यानेजमेन्ट प्रालिको आयोजनामा प्रत्येक वर्ष मिस कोशी प्रतियोगिता हुँदै आएको छ । अहिले हुन लागेको सातौँ संस्करणको मिस कोशी हो । प्रतियोगिताको विजेताले स्कुटी र विभिन्न गिफ्ट ह्याम्परहरू प्राप्त गर्ने जय मिडिया म्यानेजमेन्ट प्रालिका अध्यक्ष जय राज रायले जानकारी दिए । ‘शनिबार हुने फाइनल भब्य र सभ्य हुनेछ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्