विराटनगरमा नवीकरणीय र्र्याली ऊर्जा प्रदर्शनी

विराटनगरमा नवीकरणीय र्र्याली ऊर्जा प्रदर्शनी

विराटनगर। विराटनगरमा पहिलो पटक नवीकरणीय र्र्याली तथा ऊर्जा प्रदर्शनी हुने भएको छ । असोज १५ गते शनिबार बिहान ६ देखि ८ बजेसम्म नवीकरणीय र्र्याली हुने भएको हो ।

न्यून कार्बन विकासको अवधारणा र वातावरणमा भईरहेको ह्रास कम गर्न सचेतनाका लागी विराटनगरमा ऊर्जा स्रोतको उपयोग सम्बन्धी प्रदर्शनी तथा र्र्याली आयोजना गरिने भएको छ । र्र्याली हिमालयन रोड–विजुली अफिस–सेन्ट्रल मल–कलेज रोड–रोडशेष हुँदै पहिलेकै स्थानमा आएर समापन हुने आयोजनाले बताएको छ ।

नवीकरणीय ऊर्जा र्र्यालीमा विराटनगर महानगरपालिका प्रमुख नागेश कोईराला प्रमुख अथिति रहने आयोजकले जनाएको छ। कार्यक्रमको प्रमुख अथिति भने पूर्व मन्त्री लालबाबु पण्डित दिगो विकास इन्टिच्यूटका पूजा विश्वासले जानकारी दिइन् । साईकल, बिजुली टेम्पो बिजुली रिक्सा, विजुली साईकल तथा अन्य बिजुली सवारी साधन गरी कुल २०० सहभागी गराउने लक्ष्य राखिएको छ ।

नविकरणीय उर्जा प्रवधन र सचेतनाका लागी नविकरणीय उर्जा प्रदर्शनी भने शनिबार दिउँसो ३–६ बजेसम्म हिमालयन रोडमा आयोजना हुने छ । प्रदर्शनीमा युवाहरुले नविकरणीय उर्जामा गरेको अध्ययन र प्रोजेस्ट लगायत नविकरणीय उर्जाबाट सञ्चालित सवारी साधन र सोलार उर्जाका वस्तुहरु हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्