विराटनगर । विराटनगर हस्पिटल चौक स्थित रंगेली रोडमा रहेको संजिवनी हस्पिटलले आफ्ना कर्मचारीलाई ५ महिनादेखी तलव नदिएपछि कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् ।
विगत ५ महिनादेखी त्यहाँ कार्यररत चिकित्सक स्टाफ नर्स र कर्मचारीहरुको तलव नदिएपछि अहिले अस्पतालको ईमरजेन्सी कक्षमा समेत ताला लगाएर कर्मचारीहरुले काम ठप्प पारेर बसेका छन् । उनीहरुले तलव नदिएपछि ३ दिनदेखी अस्पतालको सबै काम रोकेर आन्दोलनमा छन् । अस्पतालमा कार्यररत ५०– ६० जना कर्मचारी अहिले काम रोकेर आन्दोलनमा रहेका छन् ।
अस्पतालका संचालकहरु समेत सम्र्पकमा नआएको उनीहरुले बताएका छन् । पटक पटक तलव माग गर्दा पनि आफुहरुले काम गरेको तलव नपाउदा दशैंको मुखमा आफुहरुलाई घर खर्च टार्न समस्या भएको स्टार्फ बन्दना श्रेष्ठले गुनासो गरिन् । यता हामीले अस्पतालका संचालक दिवाकर यादवलाई यो विषयमा पटक पटक सम्र्पक गर्दा पनि उहाँ सम्र्पकमा भने आएनन् ।
अस्पतालमा कार्यररत चिकित्सक तथा कर्मचारीहरुले आवर विराटनगरलाई खबर गरेसंगै हामी अस्पतालमा पुग्यौ । उनीहरुले कसैको ५ महिना त कसैको ६ महिनादेखी तलव नपाएको गुनासो गरेका छन् ।
हेर्नुहोस आजको ओवी स्थलथत भिडियो रिर्पोट समेत रहेको छ :