विराटनगर । विराटनगरमा आफ्नो छुट्टै परिचय बनाउन सफल ओबी मिडिया प्रालिले आउदै गरेको चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
शुक्रबार विराटनगरको बिग होटेलमा आयोजित एक कार्यक्रमका बीच मिडियाका सदस्यहरुले शुभकामना आदानप्रदान गर्दै दशैँ बिशेष कार्यक्रम आयोजना गरिएको थियो ।
साथै ओबी मिडियाका सम्पूर्ण सदस्यहरुलाई १० लाख बराबरको जीवन बिमा समेत गरिएको जानकारी मिडियाका प्रबन्ध निर्देशक बिबेक दाहालले जानकारी दिए । प्राइम इन्सुरेन्सको सहयोगमा उक्त बिमा गरिएको हो ।
कार्यक्रममा ओबी मिडियामा नयाँ सदस्यको रुपमा भित्रिएका सदस्यहरुलाई स्वागत समेत गरिएको थियो ।