बन्टी भुजेल स्मृति रनिङ शिल्ड भेट्रान फुटबल प्रतियोगिता : आज उपाधिका लागि आयोजक र दमक भिड्दैँ

बन्टी भुजेल स्मृति रनिङ शिल्ड भेट्रान फुटबल प्रतियोगिता : आज उपाधिका लागि आयोजक र दमक भिड्दैँ

विराटनगर । विराटनगरमा जारी ‘बन्टी भुजेल स्मृति रनिङ शिल्ड भेट्रान फुटबल’ प्रतियोगितामा पाहुना टोलीलाई हराउँदै आयोजक फाइनलमा पुगेको छ । प्रतियोगिताको उपाधिका लागि शनिबार राति आयोजक र दमकको दमक–लखनपुर भेट्रान क्बलबीच प्रतिष्पर्धा हुनेछ ।
प्रतियोगिताअन्तर्गत शुक्रबार भएको रात्रीकालीन खेलमा आयोजकले पाहुना टोली धरानको हाम्रो भेट्रान क्लबलाई टाइब्रेकरमा ५–३ गोलअन्तरमा पराजित गर्दै फाइनलमा पुगेको छ । धरानले मध्यान्तरअघि २ गोलले अग्रता लिए पनि मध्यान्तरपछि आयोजकले २ गोल फकार्उउँदै खेललाई बराबरीमा ल्याएका थिए । दुवै टोलीको गोल संख्या बराबरी भएपछि खेल टाब्रेकरमा गएको हो
आयोजकका दीपने राई, मित्रबहादुर बस्नेत, संजीव बुढाथोकी र भुपेन्द्र भेषराज लिम्बूले गोल गरे भने तोयाराम भुजेलको प्रहारलाई गोलरक्षकले विफल पारे । त्यस्तै धरानका सतिश केसी, सन्तोष सुब्बा लिम्बू र विवेक राना मगरले गरे भने सुमन केसी र राजकुमार राई गोल गर्न चुके ।
खेलको १२ औं मिनेटमा धरानका सन्तोष राईले बक्स अगाडिबाट गरेको सिधा बल प्रहारलाई गोलरक्षकले रोक्ने कुनै मौका पाएनन् । रविकुमार राईले दिएको क्रसपासमा १४ औं मिनेटमा धरानका तीर्थ आले मगरले गोल संख्या दोब्बर पारे ।
त्यस्तै ५७ औं मिनेटमा आयोजक दीपेनप्रसाद बास्कोटाले गोल गर्दै गोल संख्या कम गरे । ४९ औं मिनेटमा मित्रबहादुर बस्नेतले आयोजकका लागि गोल गर्दै खेललाई बराबरीमा ल्याए । खेलको म्याद अफ द म्याच आयोजकका गोलरक्षक सुनीलकुमार तामाङ भए ।
असोज ९ देखि भएको प्रतियोगितामा झापा दमकको दमक–लखनपुर भेट्रान क्लब, विर्तामोड भेट्रान क्लब, सुनसरी इटहरीको जनता भेट्रान क्लब, धरानको हाम्रो धरान भेट्रान क्लब, सिराहाको लहान भेट्रान क्लब, मोरङ विराटनगरको मर्निङ भेट्रान क्बल, एभरेष्ट भेट्रान क्बल, विन्दवासिनी भेट्रान क्लब, युनाइटेड भेट्रान क्बल र आयोजकको सहभागिता रहेको छ ।
सिएमजी स्वास्थ्य क्लब, विराट बुद्ध र पेमा युवा क्बलले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगिताको विजेताले १ लाख २४ हजार रुपैयाँ र उपविजेताले ७४ हजार रुपैयाँ प्राप्त गर्ने छन् । म्यान अफ द म्याच, म्यान अफ द सिरिजलगायतका व्यक्तिगत पुरस्कार प्राप्त गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्