उपचार गराउन ल्याएका दुई कैदीबन्दी विराटनगरको अस्पतालबाटै फरार

<span class='c1'>उपचार गराउन ल्याएका दुई</span> <span class='c2'>कैदीबन्दी विराटनगरको अस्पतालबाटै फरार</span>

विराटनगर । उपचार गराउनु ल्याएका दुई कैन्दीबन्दी अस्पतालबाटै फरार भएका छन् ।

उपचारका लागि क्षयरोग निवारण संस्था विराटनगरमा भर्ना भएका कैदी राजकुमार हेमरम र बन्दी मञ्जील गुरुङ फरार भएका हुन् । दुवै जना जिल्ला कारागार झापामा थिए । उनीहरूलाई क्षयरोग देखिएपछि विराटनगर ल्याइएको थियो ।

क्षयरोग लागेपछि उनीहरु भदौ र असारबाट निवारण संस्थामा भर्ना भएका थिए । जिल्ला कारागार मोरङका निमित्त जेलर तुलसीराम भगतका अनुसार उपचारका क्रममा उनीहरु शनिबार विहानको राति फारार भएका हुन् ।

उनका अनुसार हेमरम जवरजस्तीकरणी मुद्दाका कैदी हुन् । झापा गाउँपालिका–५ का बासिन्दा उनलाई २०७५ सालमा १६ वर्ष कैद सजायको फैसला भएको थियो । झापा गाउँपालिका ३ का गुरुङ भने लागूऔषध मुद्दामा पूर्पक्षका लगि थुनामा थिए । जिल्ला अदालत झापाले उनलाई २०७८ कात्तिक ५ गते पूर्पक्षका लागि थुनामा पठाएको थियो ।

उपचारका क्रममा फरार भएका कैदीबन्दीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाका अनुसार शनिबार विहानको राति फरार भएकाहरुको खोजी तिब्र बनाईएको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्