विराटनगर । दिगो विकास इन्स्चिच्यूटसहितका १२ वटा संस्थाको आयोजनामा आज विराटनगरमा साइकल र्याली निकालिएको छ ।
र्यालीको विराटनगर महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गर्नु भएको थियो । विराटनगरस्थित हिमालय रोडबाट सुरु भएको र्यालीले महेन्द्रचोक, शनि मन्दिर, बिजुली अफिस, डिएसपी रोड, गोल्छाचोक, जिल्ला प्रशासन, हस्पिटल चोक, ट्राफिक चोक हुँदै रोडशेष चोक पुगेर पुनः हिमालय रोडमै आएर समापन भएको थियो ।
खनिजजन्य ऊर्जाको खपत कम गरी नविकरणीय ऊर्जाको खपत बढाउने उद्देश्यले र्यालीको आयोजना गरेको आयोजकको भनाइ छ । र्यालीले सचेतना फैलाउन मद्दत पुग्ने विश्वास लिएको आयोजकले बताएको छ । कार्यक्रममा मेयर कोइरालाले सबैले विद्युतीय सवारीको प्रयोगलाई बढाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले विद्युतीय सवारीको दर्तामा महानगरले छुटको समेत व्यवस्था मिलाएको उल्लेख गर्नुभयो ।