विराटनगरका ज्येष्ठ नागरिकहरु सम्मानित

<span class='c1'>विराटनगरका ज्येष्ठ</span> <span class='c2'>नागरिकहरु सम्मानित</span>

विराटनगर । विराटनगर-३ स्थित हाम्रो ज्येष्ठ नागरिक हातेमालो सेवा समाजले ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको छ ।

३२ औं ज्येष्ठ नागरिक दिवसको अवसरको अवसर पारेर समाजले ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको हो । कार्यक्रममा समाजले विराटनगर-३ का ९० वर्षीय शिवप्रसाद उपाध्याय काफ्ले, बूढीगंगा-१ का छविलाल रेग्मी, विराटनगर-१ की ८८ वर्षीया हिमादेवी घिमिरे र वडा नम्बर ३ की ९० वर्षीया जगमाया कालाखेतीलाई सम्मान गरेको हो ।

कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, आयोजक संस्थाका अध्यक्ष जिवेन्द्रराज घिमिरे, वरिष्ठ उपाध्यक्ष प्रकाश अधिकारीलगायतले दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दैै मेयर कोइरालाले ज्येष्ठ नागरिकका लागि महानगरले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले महानगरले ज्येष्ठ नागरिकको सहयोगका लागि सहायता कक्ष सञ्चालनमा ल्याइसकेको जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्