विराटनगर महानगरद्वारा वृद्धाश्रमका ज्येष्ठ नागरिकलाई पोषणयुक्त खानेकुरा प्रदान

<span class='c1'>विराटनगर महानगरद्वारा वृद्धाश्रमका ज्येष्ठ</span> <span class='c2'>नागरिकलाई पोषणयुक्त खानेकुरा प्रदान</span>

विराटनगर । ३२ औं ज्येष्ठ नागरिक दिवसको अवसरको अवसर पारेर विराटनगर महानगरपालिकाले विराटेश्वर वृद्धाश्रमका ज्जेष्ठ नागरिकलाई पोषण खानेकुरा प्रदान गरेको छ ।

महानगरको अपाङ्गता तथा ज्येष्ठ नागरिक शाखाले आयोजना गरेको कार्यक्रममा महानगरका मेयर नागेश कोइराला, वडा नम्बर ८ का वडाध्यक्ष राम पोखरेलले आश्रमका अध्यक्ष जगतप्रसाद अज्र्याललाई पोषण खानेकुरा प्रदान गर्नुभयो ।

आश्रममा रहेका ५२ जनाला वृद्धवृद्धाका लागि महानगरले हर्लिक्स, महलगायतका पोषण खानेकुरा वितरण गरेको हो । सो अवसर मेयर कोइरालाले वृद्धाश्रम सञ्चालनका लागि महानगरले सहयोग गरिरहेको बताउनुभयो । हरेक व्यक्ति जीवनमा एकपटक ज्येष्ठ नागरिक हुने बताउँदै उहाँले ज्येष्ठ नागरिकको सम्मानमा महानगर पछि नपर्ने उल्लेख गर्नुभयो ।

कोइरालाले आश्रमका लागि आवश्यक पर्ने अन्य सहयोगसमेत भविष्यमा उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो । त्यस्तै वडाध्यक्ष राम पोखरेलले पनि आश्रमका लागि चालु आर्थिक वर्षमा पनि बजेट विनियोजन गरेको जानकारी दिनुभयो । सो अवसरमा मेयर कोइरालाले आश्रम परिसरमा निमको विरुवासमेत रोप्नु भएको थियो ।

कार्यक्रममा अपाङ्ग तथा ज्येष्ठ नागरिक शाखाकी प्रमुख मञ्जु लोहोनी, आश्रमका अध्यक्ष जगतप्रसाद अज्र्याललगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्