बन्टी भुजेल स्मृति रनिङ शिल्ड भेट्रान फुटबल प्रतियोगिताको उपाधि आयोजकलाई

बन्टी भुजेल स्मृति रनिङ शिल्ड भेट्रान फुटबल प्रतियोगिताको उपाधि आयोजकलाई

विराटनगर । विराटनगरमा भएको ‘बन्टी भुजेल स्मृति रनिङ शिल्ड भेट्रान फुटबल’प्रतियोगिताको उपाधि आयोजक–११ ले जितेको छ ।

शनिबार राति भएको फाइनल खेलमा आयोजक–११ ले दमकको दमक–लखन भेट्रान क्लबलाई ३–१ गोल अन्तरमा पराजित गर्दै उपाधि जितेको हो । मध्यान्तर अघि दुवै टोली १–१ गोलको बराबरीमा रहेका थिए । मध्यान्तरपछि आयोजकले खेलको रणनीतिमा केही परिवर्तन गरेपछि थप २ गोल गर्दै जित निकालेको हो ।

खेलको २१ औं मिनेटमा दमकका अम्बर लिम्बूले गोल गर्दै टोलीलाई अग्रता दिलाए । ३९ औं मिनेटमा आयोजकका विमल गुरुङले गोल गर्दै खेल बराबरीमा ल्याए ।
४३ औं मिनेटमा रमेश गुरुङले आयोजक टोलीका लागि दोस्रो गोल गरे । खेलको इन्जुरी समयमा आयोजकका डेनिम राईले गोल गर्दै जित सुनिश्चित पारे । खेलको म्यान अफ द म्याच आयोजकका संजीव बुढाथोकी, सर्वाधिक गोलकर्ता दमकका सुवास आङ्थुपो, म्यान अफ द सिरिज आयोजकका दीलिप बास्कोटा र फेयरप्ले विर्तामोड भेट्रान क्लब भएका छन् । आफूले पाएको पुरस्कार राशिको १० प्रतिशत रकम दमकले बन्टीका परिवारलाई प्रदान गर्‍यो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेत, एन्फाका पूर्व उपाध्यक्ष सन्तोष बानिया, खेल संयोजक किशोर धमलालगायतले पुरस्कार प्रदान गरेका थिए ।

पूर्व प्रशिक्षक बानियाँ सम्मानित सम्मान

दमक–लखनपुर भेट्रान क्बलले शनिबार फाइनल खेल सुरु हुनु अघि मैदानमा फुटबलका पूर्व वरिष्ठ प्रशिक्षक सन्तोष बानियाँलाई सम्मान गरेको छ । बानियाँले फुटबल क्षेत्रमा पुर्‍याएको योगदानलाई कदर गर्दै सम्मान गरेको बताएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्