विराटनगरको हाटखोलामा जारी ‘विराट राजवंशी मेला’ मा गायिका ज्योति मगर आउने

विराटनगरको हाटखोलामा जारी ‘विराट राजवंशी मेला’ मा गायिका ज्योति मगर आउने

विराटनगर । विराटनगरका हाटखोला मैदानमा जारी ‘दोस्रो विराट राजवंशी महोत्सव’ मेलामा सोमबार्र लोक पप गायिका ज्योती मगर आउँने भएकी छिन् ।

विराट राजवंशी प्रगतिशिल समाज समिति विराटनगरले आयोजना गरेको ‘दोस्रो विराट राजवंशी महोत्सव’ असोज १० गते विराटनगर हाटखोला मैदानमा जारी छ ।
दर्शकलाई छमछम नचाउन सिपालु ज्योति मगरले भोली सोमबार साँझ ८ बजेदेखि करिव १ घण्टा मेलाको माहोल तताउँने मेला आयोजक समितिका अध्यक्ष किरण राजवशीले जानकारी दिए ।


सोमबार साँझको कार्यक्रममा आफ्ना चर्चित आदा दर्शन बढी गीत प्रस्तुत गर्ने ज्योति मगरले आवर विराटनगरलाई जानकारी दिईन् ।
महोत्सवमा असोज १८ गते अनु चौधरी, १९ गते टंक बुढाथोकी,आर्यन बुढाथोकी र अशोक दर्जी र अन्ति दिन २१ गते नेपालका चर्चित गायक प्रमोद खरेलले प्रस्तुती दिने भएका छन् ।
यस अघि महोत्सवमा गायक बलबहादुर राजवंशी, हास्य गायक श्रीकृष्ण लुइटेल ,गायिका मेलिना राई तथा स्थानिय कलाकारहरुले प्रस्तुती दिइसकेका छन् । मेलामा बाल उद्यान, रोटेपिङ,ड्रागन रेल, झुला लगायतका खेलबाट बच्चाहरुले मनोरञ्जन लिने आयोजकले ज
नाएको छ । ‘दोस्रो विराट राजवंशी महोत्सव’ मेलाको अनलाईन मिडिया पार्टनर आवर विराटनगर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्