भावना साट्ने दशैं

भावना साट्ने दशैं

नेपालीका महत्वपूर्ण चाडमध्ये दशैं घरघरमा भित्रिएको छ । दशैंको महत्व यसको धार्मिक मान्यता र भनाईसँग मात्रै नभई साँस्कृतिक र संस्कृतिसँग निकट छन् । बहुजाती र बहुभाषी नेपालीहरुमा बहुधार्मिक मान्यता र परम्परा, चाडपर्व छन् । प्रत्येक चाडपर्वको महत्व मान्नेहरुका लागि उतिकै छन् । दशैंलाई हिन्दु धर्मालम्बि नेपलाीहरुले विशेष महत्वका साथ मनाउँछन् । तर, पर्व मनाउने नमनाउने सबै नेपालीहरुले यसलाई सम्मान भने गर्दछन् ।

पछिल्लो समय नेपालीहरुमा धार्मिक सहिष्णुताको सम्बन्ध अझै प्रगाढ भएको छ । यहि प्रगाढताका कारण धर्म अनुसार मनाउने पर्वको सम्मान गर्ने र सँगैसँगै साथ दिने अन्तरधार्मिक भावनाको विकास हुँदै गएको छ । दशैंलाई पनि सबै धर्मले उतिकै मान्यता दिएरु म्नाउने नगरेपनि सम्मान भने उतिकै दर्शाउने गर्दछन् ।

दशैंले पारिवारिक मेलमिलापलाई नजिक पार्दछ । टाढा भएकाहरुले पनि मूलघर फर्कने र अग्रजबाट टिका ग्रहण गरेर आशिर्वाद लिने परम्परा छ । जसले भावनाहरुलाई जोड्छद । अर्को पक्ष भनेको बाल्यकालमा सँगैका साथीभाईसँग यसले भेट्ने अवसरको सिर्जना गर्दछ । अनुभव आदान–प्रदान गराउन सहजीकरण गर्ने माध्यम पनि दशैं बन्दछ । दशैंको अर्को पक्ष भनेको नयाँ कामका लागि थोरै भएपनि थालनी गर्ने ज्ञान हाँसिल गर्ने मौका पनि बन्दछ ।

आफन्त तथा अग्रजको अनुभव, ज्ञान र सीप भएकाहरुको दक्षता बुझ्ने, एकअर्कामा सम्मान दर्शाउने र चिन्ने तथा चिनाउने अवसरको रुपमा दशैंलाई सदुपयोग गर्नु नै चाडपर्वको मापन हुनेछ । अर्को मौलिकता र साँस्कृतिक पक्षलाई जीवन्त बनाई राख्नु पनि चाडपर्वको सुन्दरता हुन्छ । यसलाई बिर्सन नदिनु र पुस्तान्तरण गर्दै मौलिक संस्कृतिलाई जीवित बनाउनु पर्दछ । अन्त्यमा दशैं विशेष रहोस्, शुभरहोस र महत्वपूर्ण बनोस् सबैमा शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्