काठमाण्डौंबाट झापा आउँदै गरेको बस दुर्घटना, दमक र बेलबारीका दुईजनाको मृत्यु

काठमाण्डौंबाट झापा आउँदै गरेको बस दुर्घटना, दमक र बेलबारीका दुईजनाको मृत्यु

विराटनगर। काठमाण्डौंबाट झापा आउँदै गरेको बस मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ चुरीयामाइ मन्दिर नजिक दुर्घटना भएको छ । बसमा सवार दुई जनाको मृत्यु र ३६ जना घाइते भएका छन् । ना७ ख २०३२ नम्बरको रात्रि बस आइतबार राति पूर्व–पश्चिमराजमार्ग अन्तर्गत चुरीयामाई मन्दिर नजिक आँफै नालीमा खसेको थियो ।

दुर्घटनामा बसमा सवार झापाको दमक–५ का ६० वर्षीय दिल्लीबहादुर दर्जी र मोरङ जिल्ला बेलबारी–८ का अन्दाजी ५१ वर्षीय कल्पना राजबंशीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा घाइतेको विभिन्न अस्पचालमा उपचार भईरहेको छ । अस्पताल भर्ना भएकामध्ये ३० जना हेटौंडा अस्पतालमा उपचारपछि घर फर्किएका छन् । थप उपचारका लागि तीन जनालाई भरतपुर, २ जनालाई काठमाडौं पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्