प्रेम देवान
विराटनगर । विराटनगरका हाटखोला मैदानमा जारी ‘दोस्रो विराट राजवंशी महोत्सव’ मेलामा हट एण्ड सेक्सी उप नामले परिचित लोक पप गायिका ज्योती मगरको धमकधार प्रस्तुतीले दर्शकलाई भरपुर मनोरन्जन प्रदान गरेकी छिन् ।
सोमबार राती ९ बजेपछि स्टेज चढेकी ज्योति मगरलाई आयोजकले सम्मान गर्दै सुरु भएको उनको साँगितीक कार्यक्रममा झन्डै आदा दर्जन बढी गितहरु प्रस्तुत गरेकी थिईन् । कार्यक्रममा सहभागी भएका युवा वर्गलाई लक्षित गर्दै आफ्नो प्रस्तुती प्रारम्भ गरेकी लोक गायिका ज्योती मगरले विराटनगरका काले शोल्टाज्हरुलाई मेरो ‘आई लव यु ’भन्दै गर्दा दर्शकको भीडबाट हुटिङ्ग र तालिले स्वागत गरेका थिए । ‘मैले आज सम्म विवाह नगर्नुको कारण पनि यो मेरो सेक्सी जवानी तपाईहरु काले शोल्टीज्हरुको लागी हो,’भनेपछि त झन् महोल तातिएको थियो ।
रातो र छोटो अनि जालीवाला मिनिस्कटमा स्टेजमा उत्रिएकी गायिका मगरले सुरुवातदेखि अन्त्यसम्म मेलामा सहभागिहरुलाई आफ्नो प्रस्तुतीमा तान्न सफल भइन् । उत्तेजित शैलिमा प्रस्तुत भएकी गायिका ज्योतिका प्रस्तुतीमा महोत्सवमा झन्डै एक घन्टा सम्म माहोल तातिएको थियो । उनले पटक पटक विराटनगरका मेरा हेन्सम अनि काले सोल्टाहरुलाई ‘आई लव यु ’भन्ने शब्दले केटाहरुलाई मख्ख पारेकी थिईन् ।
मैदानभरी जम्मा भएका सहभागी माझ गीत प्रस्तुत गरिरहदा उनले उत्तेजित शब्द प्रयोग गरी युवालाई उफारेकी थिइन् । विराट राजवंशी प्रगतीशील विकाश समाज समितिको आयोजना तथा झापाको दमकमा रहेको सयपत्री इन्टरटेन्टमेन्टको संयोजकमा असोज १० गतेदेखि २१ गते सम्म सञ्चालन हुने महोत्सवमा आज बेलुकी अनु चौधरी, १९ गते टंक बुढाथोकी,आर्यन बुढाथोकी र अशोक दर्जी र अन्ति दिन २१ गते नेपालका चर्चित गायक प्रमोद खरेलले प्रस्तुती दिने मेला सञ्चालक तिलबहादुर तामाङले जानकारी दिए ।
विराट राजवंशी प्रगतिशिल समाज समिति विराटनगरले आयोजना गरेको ‘दोस्रो विराट राजवंशी महोत्सव’ असोज १० गते विराटनगर हाटखोला मैदानमा जारी छ ।
यस अघि महोत्सवमा गायक बलबहादुर राजवंशी, हास्य गायक श्रीकृष्ण लुइटेल ,गायिका मेलिना राई तथा स्थानिय कलाकारहरुले प्रस्तुती दिइसकेका छन् । मेलामा बाल उद्यान, रोटेपिङ,ड्रागन रेल, झुला लगायतका खेलबाट बच्चाहरुले मनोरञ्जन लिने आयोजकले जनाएको छ । ‘दोस्रो विराट राजवंशी महोत्सव’ मेलाको अनलाईन मिडिया पार्टनर आवर विराटनगर रहेको छ ।